Logo

इन्टरनेट सेवामा प्रतिस्पर्धा चर्किदा सेवाप्रदायकका आफ्नै दाबी, वर्ल्डलिंक पहिलो नम्बरमा रहँदा कस्तो छ अन्य कम्पनीको स्थिति ?

इन्टरनेट सेवामा प्रतिस्पर्धा चर्किदा सेवाप्रदायकका आफ्नै दाबी, वर्ल्डलिंक पहिलो नम्बरमा रहँदा कस्तो छ अन्य कम्पनीको स्थिति ?



काठमाडौं । नेपालमा पछिल्लो समय इन्टरनेट सेवा प्रदायकहरुबीच ग्राहक बढाउने प्रतिस्पर्धा तीब्र रुपमा चलिरहेको छ । सबैजसो सेवाप्रदायकले आफ्नो सेवा सबैभन्दा उत्कृष्ट रहेको दाबी गरिरहेको देखिन्छ । सेवा प्रदायकह्रुले सेवा, गुणस्तरलगायतका हिसावले आफै ठूलो भन्ने दावी गर्दै आएपनि वास्तविक तथ्यांकले भने धेरैको अवस्था स्पष्ट हुन्छ ।

laxmi

नेपालमा इन्टरनेट सेवा प्रदान गरिरहेका सेवाप्रदायकहरुका सेवाग्राहीको अवस्थाबारे नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले थप स्पष्ट पारेको छ । प्राधिकरणको प्रतिवेदन अनुसार हालसम्म इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले प्रदान गर्ने सेवा प्रयोगकर्ता नेपालमा १६ लाख ३२ हजार ७ सय ६४ जना छन् । जसमध्ये, १४ लाख ७ हजारले फाईवरमार्फत इन्टरनेट सेवा उपयोग गर्ने गरेका छन् भने १ लाख ८१ हजार बढीले केवलमार्फत इन्टरनेट सेवा लिईरहेका छन् । यस्तै ४३ हजार ४ सय ३१ जनाले हालसम्म विनातारको सेवा लिईरहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

यसरी सेवा प्रदान गर्ने कम्पनीहरुमध्ये सबैभन्दा ठुलो अर्थात धेरै ग्राहक भएको कम्पनीमा भने अहिलेसम्म वर्ल्डलिंक कम्युनिकेशन शीर्ष स्थानमा छ । कम्पनीकोे हालसम्म ४ लाख ८५ हजार बढी ग्राहक रहेका छन् । कम्पनीका अनुसार ४ लाख ८३ हजार ३ सय ९९ जनाले कम्पनीले उपलब्ध गराएको फाईवरमार्फत इन्टरनेट सेवा लिईरहेका छन् । यस्तै ९ सय ८ जनाले वायरलेस प्रविधिमार्फत सेवा लिँदा ८३२ जनाले केवलमार्फत इन्टरनेट सेवा लिईरहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । कम्पनीले केवलमार्फत इन्टरनेट चलाउने ग्राहकहरुलाई फाईबरमार्फत इन्टरनेट प्रदान गर्ने प्रक्रियालाई तीव्र विस्तार गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै धेरै सेवाग्राही हुने कम्पनीहरुमध्ये दोस्रो स्थानमा भने नेपाल दूरसंचार कम्पनी लिमिटेड अर्थात नेपाल टेलिकम छ । टेलिकमले गत असार मसान्तसम्म आफ्नो इन्टरनेट सेवा प्रयोगकर्ता २ लाख ९० हजार बढी पुर्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई फाईबरमार्फत इन्टरनेट सेवा दिने प्रक्रियालाई तीव्र बनाएपनि अझै १ लाख ४९ हजार ३ सय ५२ जनाले टेलिकमको इन्टरनेट केवलमार्फत चलाइरहेका छन् । टेलिकमले हाल फाईबर टु दि होम (एफटीटीएच)मार्फत भ्वाईस, डाटा र भिडियो सेवा प्रदान गर्दै आईरहेको छ । जसको माग पछिल्लो समय अत्याधिक बढिरहेको टेलिकमको भनाई छ । यस्तै टेलिकमले हालसम्म १८ हजार ५ सय ६१ जना ग्राहकलाई वायरलेसमार्फत इन्टरनेट प्रदान गर्दै आईरहेको छ ।

धेरै इन्टरनेट सेवाग्राही भएका तेस्रो, चौथो र पाँचौ स्थानमा भने क्रमशः सुविसु केवल नेट, क्लासिकटेक र भायानेट कम्युनिकेशन प्रालि रहेका छन् । यी कम्पनीहरुका ग्राहक हालसम्म क्रमशः २ लाख १० हजार, १ लाख ५७ हजार र १ लाख २ हजार जना रहेका छन् । यी कम्पनीहरुले आफ्ना सेवाग्राहीहरु निरन्तर बढाईरहेको देखिन्छ ।

तर, धेरै कम्पनीहरु शहरकेन्द्रित मात्रै भईराख्दा भनेजस्तो सेवा विस्तार गर्न नसकेको दूरसंचार प्राधिकरणका एक अधिकारीले बताए । उनका अनुसार आइएसपी कम्पनीहरु शहरबाट विकेन्द्रित भएमात्रै देशैभरका सेवाग्राहीसम्म इन्टरनेट सेवा पुग्न सक्छ ।

प्राधिकरणले जारी गरेको प्रतिवेदन अनुसार हालसम्म सबैभन्दा कम सेवाग्राही हुने कम्पनीमा भने शिखर नेट प्रालि रहेको छ । कम्पनीले प्राधिकरणका उपलब्ध गराएको विवरणअनुसार उक्त कम्पनीको इन्टरनेट सेवा चलाउने ग्राहकको संख्या जम्मा ३० जना छन् । प्राधिकरणका अनुसार उक्त कम्पनीले ईमेलसहितको इन्टरनेट सेवा प्रदान गर्ने भन्दै २०७३ सालमा अनुमति लिएको थियो । अनुमति लिएको करिव ५ बर्ष वितिसक्दा कम्पनीले आफ्ना ग्राहकसख्या ३० पुर्याएको छ । यस्तै २०७४ सालमै अनुमति लिएका बिग मस्र्याङ्दीको हालत पनि त्यस्तै छ । कम्पनीले अनुमति लिएको ४ बर्षसम्म आफ्ना ग्राहकसँख्या जम्मा ११५ पुर्याएको छ । साथै अर्थलिंक कम्युनिकेशन, सस्टेनवल नेटवर्क र गण्डकी कम्युनिकेशनका पनि आफ्ना ग्राहक क्रमशः १३६, २०२ र २ सय ८७ जना मा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
MBL