Logo

सुनको मूल्य बढ्यो, प्रतितोला ९० हजार ६ सयमा कारोबार हुँदैं

सुनको मूल्य बढ्यो, प्रतितोला ९० हजार ६ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ सयले बढेर ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोला ९० हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL