Logo

सरकारी स्वामित्वको संस्थाहरुको पनि आईपीओ जारी गरिने, पुँजी बजारलाई सर्वसाधारणमैत्री बनाउने अर्थमन्त्रीको घोषणा

सरकारी स्वामित्वको संस्थाहरुको पनि आईपीओ जारी गरिने, पुँजी बजारलाई सर्वसाधारणमैत्री बनाउने अर्थमन्त्रीको घोषणा



काठमाडौं । सरकारले सार्वजनिक संस्थाहरुको पनि सर्वसाधारणहरुमा सेयर जारी गर्ने भएको छ । अर्थमन्त्री जनार्दन चालु आर्थिक बर्षको बजेटलाई अध्यादेश बजेटमार्फत प्रतिस्थापन गर्दै सार्वजनिक संस्थाहरुको आईपीओ ल्याउने बताएका हुन् ।

laxmi

उनले पूर्ण सरकारी स्वामित्वका संस्थाको आईपीओ ल्याउनुका साथै घाटामा रहेका सार्वजनिक संस्थान संचालन तथा खारेजी गर्ने भएको छ । प्रतिस्थापन बजेट ल्याउँदै अर्थमन्त्री जनार्दन शर्माले सरकारले नै कम्पनी मोडलमा सार्वजनिक संस्थानहरु चलाउने बताएका हुन् । यसअघि सार्वजनिक संस्थानहरुलाई सरकारले निजीकरण गर्न खोजेको भन्दै तिव्र आलोचना भएको थियो ।

अर्थमन्त्री शर्माले यसअघिको आलोचनालाई चिर्दै सरकारी संस्थानहरु नाफा, घाटामा गएकाहरुको विस्तृत अध्ययन गरिने बताएका छन् । उनले अब सार्वजनिक संस्थानहरुको पूँजी वृद्धि गर्नका लागि सर्वसाधारणमा सेयर जारी गर्नेसमेत बताएका छन् ।

यसैगरी उनले पुँजी बजारलाई सर्वसाधारमैत्री बनाउन सोही अनुरुप नीति नियम बनाउने बताएका छन् । हाल पुँजी बजार सिमित व्यक्तिको मात्रै होल्डमा रहेको गुनासो बढेपछि उनले पुँजी बजारलाई सर्वसाधारण मैत्री बनाउने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL