Logo

चारपांग्रे सवारीमा चाडपर्व लक्षित अफर : मलेसिया ट्रिपदेखि ५ लाख रुपैयाँ छुट तथा बम्परमा कार उपहारसम्म

चारपांग्रे सवारीमा चाडपर्व लक्षित अफर : मलेसिया ट्रिपदेखि ५ लाख रुपैयाँ छुट तथा बम्परमा कार उपहारसम्म



काठमाडौं । साउने संक्रान्तिदेखि नेपालमा चाडपर्वको मौसम सुरु भएको छ । धेरै नेपालीहरुले यही मौकामा नयाँ घर, सुन, नयाँ सवारीसाधनलगायत जोड्ने गर्दछन् । यही मौकालाई मध्यनजर गरी व्यवसायीहरुले पनि सेवाग्राहीको इच्छालाई आत्मसात गर्दै विभिन्न प्याकेज, अफर, स्किमलगायत सेवासुविधाहरु सार्वजनिक गरिरहेका छन् ।

नेपालीहरुको महान चाड दशैँ, तिहार र छठलगायत चाडपर्वको मौसम सुरु भएपछि सवारी विक्रेता व्यवसायीहरुले सेवाग्राहीलाई आकर्षित गर्न विभिन्न स्किमहरु सार्वजनिक गर्ने क्रम बढ्दो छ । सवारीसाधन खरिदमा विभिनन छुट, उपहारलगायत विभिन्न सेवासुविधा प्रदान गर्नेगरी सार्वजनिक गरिएका अफरहरुमा ग्राहकलाई आकर्षित गर्नु नै मुख्य उद्देश्य हुन्छ ।

नेपालमा विक्रीवितरण भईरहेका चारपांग्रे सवारीसाधनका कम्पनीपीच्छे आधिकारीक वितरकहरु छन् । तिनिहरुले नेपाली ग्राहकलाई लक्षित गरी बेलाबेलामा विभिनन योजनाहरु सार्वजनिक गरिरहेका हुन्छन । हाल तिज, दशैं, तिहार र छठलाई मध्यनजर गर्दै निम्न अफरहरु सार्वजनिक गरेका छन् ।

हुन्डाई फेस्टिभ डिलाइट २०७८

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टीभ डिलाइट २०७८’ सार्वजनिक गरेको छ । हुन्डाईले विगतमा पनि सधैँ आफ्ना ग्राहकसँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित योजना ल्याउने गरेको छ ।

यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्कीम पाउनेन्छ । कम्पनीको उक्त योजनामा ३ लाख रुपैयाँसम्म नगद फिर्ता, अधिकतम एक लाख रुपैयाँसम्म अतिरिक्त छुट र १ बर्षसम्मको सडक दस्तुर र बीमा उपलब्ध गराउने बताएको छ । यस्तै कम्पनीको बम्पर उपहारअन्तर्गत १ जनालाई हुन्डाईको आई२० कार पाईनेछ ।

सुजुकी पर्वाेत्सव २०७८

मारुती सुजुकीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले पनि चाडपर्वलाई लक्षित गरी ‘सुजुकी पर्वाेत्सव २०७८’ सार्वजनिक गरेको छ । कम्पनीले उक्त योजना अनुसार २ लाख रुपैयाँसम्म नगद छुटसँगै २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस दिने बताएको छ । यस्तै कम्पनीले १ लाख ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज अफर पनि यही योजनाभित्रै दिने बताएको छ । कम्पनीले स्क्र्याच कार्डमा ७५ हजार रुपैयाँसम्मको उपहार दिने घोषणा गरेको छ ।

टाटाको हात खाली नजाने अफर

नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले चाडबाडलाई लक्षित गरि हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले ४ पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टि.भी, स्मार्ट फोन, फ्रिज, इएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् । साथै हरेक हप्ताको लक्की ड्र मार्फत् बुकिङ गर्ने ग्राहकहरू मध्ये एक जना ग्राहकले पाउनुहुनेछ ४० इन्चको एमआई स्मार्ट टिभी र बम्पर लक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरु मध्ये ४३ जना ग्राहकहरुले थप उपहार प्राप्त गर्न सक्नेछन् ।

प्रोटोनले ‘दशैं दक्षिणा’ योजना

प्रोटोनले दक्षिणा सहितको ‘दशैं दक्षिणा’ योजना सार्वजनिक गरेको छ । यो योजना चाडबाडको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहने प्रोटोनले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० गाडीको खरिदमा १ लाख देखि ६ लाख सम्मको अफर युक्त दक्षिणा प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाखसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप प्राप्त गर्न सक्नेछन्। यसैगरी, पुरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले ५० हजार देखि २ लाख ५० हजारसम्म छुटको व्यवस्था पनि गरेको छ । यस प्रोटोन ‘दशैं दक्षिणा’ योजना अन्तर्गत ग्राहकले आकर्षक व्याजदर सहितको किस्तावन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन् । यसका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ एन्ड क्रेडिट को ओपरेटिभ लिमिटेडले इन हाउस फाइनान्सिङको सुविधा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

डाट्सनको फेस्टिभ हट डिल योजना

नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले चाडपर्वको अवसर पारेर ‘डाट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ । कार खरिद गर्ने व्यक्तिहरुका लागि कम्पनीले नेपालीहरुको महान चाड दशैंको अवसर पारेर यो आकर्षक योजना ल्याएको हो । यस योजनामा ग्राहकले कूल २ लाख ४ हजार १५२ बराबरको विशेष सुविधा, १ लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्राप्त गर्ने कम्पनीले जनाएको छ । साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको जनाएको छ । ग्राहकलाई तत्काल फाइनान्स तथा एक्सचेञ्ज सुविधाको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

फोटोन मोटर्स दशैं अफर

फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दशैं अफर ल्याएको छ । सेभ टनाटन अर्न टनाटन स्लोगन सहित फोटोनले योजना अन्तर्गत भ्यान भ्यु सीएस२ एलको खरिदमा ३ महिनासम्म किस्ता तिर्नु नपर्ने, ८०%सम्म फाइनान्स, २ लाख ५० हजार रुपैयाँसम्म छुट र मात्र १२ लाखको डाउन पेमेन्टमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । साथै १ वर्षको लागि निःशुल्क बीमा र १ वर्षको लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हाल १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एल छुट पाइने कम्पनीले जनाएको छ ।

निसान फेस्टिभ ड्राईभ

निसानका कारको नेपालका लागि आधिकारिक विक्रेता दुग्गड ग्रुपले पनि चाडपर्वलक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘निसान फेस्टीभ ड्राईभ’ नामक अफर अन्तर्गत मलेसिया ट्रिपदेखि १० ग्रामसम्म सुनसमेत पाईने बताईएको छ । यस्तै आकर्षक नगद छुट अन्तर्गत ५ लाखसम्म र फेस्टिभ ड्राईभ क्यास डिस्काउन्टमा ३ लाखसम्म नगद छुट पाईनेछ । साथै १ बर्षसमम्म सडक दस्तुर छुट, ३ बर्ष सर्भिस वारेन्टी र ९५ हजार ९ सय रुपैयाँसम्मको एसेसरीजहरु पनि उपलब्ध हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL