Logo

शुरु भयो अफर र उपहारको मौसम : यस्ता छन् दुईपाङग्रेमा मनै लोभ्याउने चाडपर्व अफर र उपहार योजना

शुरु भयो अफर र उपहारको मौसम : यस्ता छन् दुईपाङग्रेमा मनै लोभ्याउने चाडपर्व अफर र उपहार योजना



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी र निषेधाज्ञाका कारण ठप्प रहेको बजार अहिले क्रमशः चलायमान बन्दैछ । यसैक्रममा नेपालीहरुका सबैभन्दा ठूला पर्व दशै–तिहारको चहलपहल पनि शुरु भएको छ । हरेक वर्ष दशै–तिहार सबै व्यवसायका लागि व्यापार गर्ने अवसर रहँदै आएको छ ।

यही अवसरलाई उपयोग गर्न सबै व्यवसायीहरुले उपभोक्तालाई लोभ्याउने विभिन्न अफर र योजना ल्याउने गरेका छन् । दशैं–तिहारमा नेपालीहरुले मन फुकाएर किनमेल गर्छन । यो समयमा उच्च व्यवसाय हुने भएकाले प्राय सबैले विभिन्न छुट पनि दिन्छन र उपभोक्तालाई पनि फाइदा पुग्छ । यस्तै नेपाली अटोमोबाइल क्षेत्रका लागि पनि यो समय व्यापारको अवसर मानिन्छ ।

ग्राहकलाई आफुतिर आकर्षित गर्न विभिन्न ब्राण्डहरुबीच चर्को प्रतिस्पर्धा पनि चल्ने गर्छ । यो वर्षपनि त्यस्तो प्रतिस्पर्धा शुरु भइसकेको छ । पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाईरसको महामारीकै कारण २ पांग्रे सवारीसाधनको विक्री उच्च रुपमा वृद्धि भईरहेको छ । मानिसहरुले कोरोनाबाट बच्नकै लागि र आफ्नो दैनिक गतिविधी नियमित गर्नकै लागि भएपनि ऋण काढेरै भएपनि दूईपांग्रे सवारीसाधन लिने गरेका छन् । जसका कारण ७ महिना बढी बन्द भएको अटोमोबाईल बजारमा समेत केही हदसम्म बहार आएको छ ।

यही मौका र नजिकिँदै गरेको दशैं तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै अटो व्यवसायीहरुले २ पांग्रे सवारीसाधनमा विभिन्न प्रकारका छुट अफरहरुसमेत सार्वजनिक गरेका छन् । यसरी छुट अफर सार्वजनिक गर्दै प्राय कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्दा २ पाङग्रे सवारीको विक्री झन बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

बजाजको दशैँ अभियान ‘बजाज खुसीको ३ डोज’

bajaj-

विजया दशमीको अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको छ ।

बजाजले आफ्ना ग्राहकका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै आइरहेको जनाएको छ । कोभिड(१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरूमाझ खुसी बाड्न आवश्यकताअनुरुपका योजनाहरु ल्याएको बजाजले जनाएको छ ।

विजया दशमीको अवसरमा बजाजले बजारमा ‘बजाज खुसीको ३ डोज’ अभियान ल्याएको हो । ग्राहकहरूले यस अफरअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्नेबेलामा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बाइक किन्नुभन्दा पहिले दश हजारसम्मको अग्रिम नगद प्राप्त गर्न सक्ने बजाजले जनाएको छ ।

त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरिदको दौरानमा एक लाखसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि दश लाखसम्म्को नगद पुरस्कार प्राप्त गर्न सक्ने बजाजले जनाएको छ ।

यामाहाको मोटरसाइकल किन्दा १२ तोला सुन

yamaha

यामाहा कम्पनीले आफ्नो कम्पनीका मोटरसाइकलको खरिद गर्दा १२ तोलासम्म सुन उपहार दिने योजना सार्वजनिक गरेको छ । यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दसैँरतिहारलाई लक्ष्यित गरी नयाँ अफर सार्वजनिक गरेको हो ।

‘रेस फर दि एस’ स्लोगनसहित सार्वजनिक भएको उक्त स्किम अन्तर्गत बम्परमा एकजना भाग्यशाली विजेताले १२ तोला सुन उपहार पाउने यामाहाले जनाएको छ । फेस्टिभल सिजनमा यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेछन् ।

त्यसैगरी लक्की ड्रमार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला सुनको एक्का तास उपहारस्वरुप पाउने बताइएको छ । बम्परमा भने एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।

हिरो मोटरसाइकलले ल्यायो ‘दशैंको बेला हिरोको मेला’, ६ हजार पक्का डिस्काउन्ट

हिरो मोटर साइकलले नेपालीहरुको महान चाडको अवसरमा ‘दशैंको बेला हिरोको मेला’ अफर ल्याएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता जेनरल मार्केटिङले यो वर्षको दशैँका लागि यस्तो अफर ल्याएको हो । यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार पक्का डिस्काउन्ट पाउनेछन् ।

यसका साथै, स्क्रयाच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य ब्याजमा ५० प्रतिशत फाइनान्सको सुविधा पनि उपलब्ध रहेको कम्पनीले बताएको छ ।

सुजुकी दशैं अफर : कुनै पनि बाइक वा स्कुटर किन्दा १० हजार छुट

सुजुकी माेटरसाइकलकाे आधिकारीक विक्रेता भिजि अटाेमाेबाइल्सले आफ्नाे उत्कृष्ट ब्राण्ड सुजुकीकाे लागि दशैं तिहारलाई मध्यनजर गर्दै ‘दशैं आयाे उमंग छायाे क्यासब्याकाे साथै बम्पर पायाे उपहार याेजना ल्याएकाे छ ।

यस उपहार याेजना अन्तर्गत कुनै पनि सुजकी ब्राण्डकाे माेटरसाइकल र स्कुटरकाे खरिदमा १० हजार रुपैयाँ पक्का क्यासब्याक पाउनुकाे साथै हरेक दुई हप्तामा बम्पर पुरस्कारकाे रुपमा सुजमी इन्ट्रुडर बाइक पाउने पक्का रहेकाे छ । साथै यस अफरमा एक वर्षकाे राेड ट्याक्स, फाइनान्स र एक्सचेन्जकाे सुविधा रहेकाे कम्पनीले जनाएकाे छ । सुजुकी विश्वप्रसिद्ध जापानिज अटाे ब्राण्ड हाे ।

टीभीएसको दशैं अफर : ‘६ प्राइजको सरप्राइज’, १० लाखदेखि कारसम्म उपहार

टीभीएसका सवारी साधान खरिदमा चाडपर्व लक्षित उपहार योजना सार्वजनिक गरिएको छ । टीभीएसका लागि नेपाली बिक्रेता शंकर ग्रुपको जगदम्बा मोर्टर्सले दशैँ, तिहार र छठ पर्व लक्षित उपहार योजना सार्वजनिक गरेको हो । कम्पनीले ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना नारासहितको उपहार योजना ल्याएको हो । जगदम्बा मोटर्सका अनुसार टीभीएसका बाइक तथा स्कुटर किन्नेले ६ पटकसम्म उपहार जित्ने मौका पाउने छन् ।

त्यस्तै, टीभीएसका कुनै पनि सवारी साधन खरिद गर्नेले १० लाख रुपैयाँसम्म नगद पाउने कम्पनीले जनाएको छ । दैनिक रियलमी सी २० स्मार्टफोन पाउने कम्पनीले जनाएको छ । हरेक साता शतप्रतिशत क्यास ब्याक अफर समेत प्राप्त गर्ने जनाएको छ । कुनै पनि सवारी साधन खरिद नगर्नेले पनि कम्पनीको वेवसाइट मा गएर सहभागी बन्नु पर्ने छ । योजना अन्तर्गत कम्पनीले हरेक महिना टीभीएस अपाचे आरआर ३१० उपहारसमेत राखेको छ ।

बम्पर उपहारमा भने कम्पनीले प्रोटाने सागा कार उपहार दिने जनाएको छ । सवारी साधानका लागि बुझ्न इन्क्वाइरी गर्नेहरुलाई समेत रियलमी स्मार्ट फोन, अपाचे आरआर ३१० जित्ने उपहार योजनामा सहभागी गराउने कम्पनीले जनाएको छ । बुधबारबाट योजना लागू भएको र चाडपर्वभर योजना कायम रहने कम्पनीले जनाएको छ ।

मोटरहेड बाइकको चाडपर्व अफर : १२ हजार छुट, १ लाखसम्म पुरस्कार

नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एस एलआर टेक्नो एन्ड ट्रेडले दशैँ, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको छ । भाद्र २४ देखि प्रारम्भ हुने उक्त अफर आगामी कात्तिक २४ सम्म चल्ने छ । उक्त अफर अन्तर्गत मोटरहेडका कुनै पनि मोटरसाइकल सीधै नगदमा खरिद गर्दा १२ हजार र फाइनान्स गरी खरिद गर्दा ८ हजार रुपैयाँ छुट पाइने छ ।

त्यसैगरी सो अवधिमा मोटरसाइकल खरिद गर्ने सबै ग्राहकहरु मध्येबाट गोलाप्रथा गरी तीन जना भाग्याशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद प्रदान गरिने कम्पनीको भनाइ छ । कम्पनीको यो अफर नेपालभरका सोरुममार्फत प्राप्त गर्न सकिने छ । यस्ता खाले ग्राहकमुखी अफर कम्पनीले पहिले देखि नै ल्याइरहेको भए पनि यसपाली भने अलि फरक र फराकिलो अफर ल्याएको देखिन्छ ।

ग्राहकलाई मोटरसाइकल चढ्न मात्र होइन, चढेपछि खुसी अनुभूति गर्न र गराउन सदैव लाग्ने हो भन्ने सन्देश पनि दिएको देखिन्छ । कम्पनीले हालै धादिङ र मन्थलीमा पनि डिलरसिप विस्तार गरेको र कावासोतीमा पनि बिक्री विस्तार गरिसकेको छ । यही भदौ महिनाको अन्तिम सातादेखि विर्तामोडमा समेत बिक्री विस्तार हुने र दशैँअघि नै राजमार्गका अति व्यस्त दुई तीन स्थानमा समेत आधिकारिक सर्भिस सेन्टर विस्तार गर्ने योजना भएको कम्पनीको भनाइ छ ।

बेनेलीको दशैं अफर : तीन पटकसम्म छुट पाइने

इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं, तिहार र छठको अवसर पारेर थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुनेछ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ ।

मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ । त्यसैगरी, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी मोटरसाइकल किनिसकेपछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिङ गिफ्ट प्रदान गरिने पनि कम्पनीले जनाएको छ । यस वापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL