Logo

आईपीओ भर्ने अवसर कुर्दै हुनुहुन्छ ? आउँदैछ यी १९ कम्पनीको आईपीओ, कुन कम्पनीको कति ?

आईपीओ भर्ने अवसर कुर्दै हुनुहुन्छ ? आउँदैछ यी १९ कम्पनीको आईपीओ, कुन कम्पनीको कति ?



काठमाडौं । नेपालमा पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । यसको कारणमा भने सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासनमा (आईपीओ) मा प्राप्त अवसर हो । सरकारले आईपीओ सेयर निष्कासनमा १० कित्ताको प्रावधान ल्याएसँगै लाखौं नेपाली सेयर बजारमा प्रवेश गरेका छन् ।

laxmi

अहिले कहिले आईपीओ खुल्ला भनेर कुर्ने नेपालीहरु प्रतीक्षा गरिरहेका छन् । यसैक्रममा नेपाली बजारमा १९ वटा कम्पनीको आइपीओ निष्कासन हुँदैछ । धितोपत्र बोर्डका अनुसार सेयर बजारमा ४ करोड ९४ लाख १६ हजार १४८ कित्ता सेयर पाइपलाइनमा रहेको छ । पाइपलाइनमा रहेका कम्पनीका सबैभन्दा बढी जलविद्युत कम्पनी रहेका छन् ।

जलविद्युत कम्पनीपछि माइक्रोफाइनान्स कम्पनी, बीमा कम्पनी र अन्य कम्पनी रहेका छन् । बोर्डका अनुसार जलविद्युत कम्पनी ११, बीमा कम्पनी २, माइक्रोफाइनान्स कम्पनी ४ र अन्य २ वटा कम्पनी रहेका रहेका छन् ।

जलविद्युत कम्पनीमा पनि केहीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि, केहीले स्थानीय र सर्वसाधारण दुवैको लागि साधारण सेयर निष्काशन गर्ने भएका छन् । हाल बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुले स्वीकृत पाएपछि आइपीओ निष्काशन गर्नेछन् ।

आइपीओ निष्काशन गर्न लागेका १९ वटा कम्पनीमा पनि रिलायबल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स रहेका छन् । रिलायबलले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासनको तयारीमा रहेको छ ।

त्यस्तै माइक्रोफाइनान्समा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था रहेको छ ।

पाइपलाइनमा रहेका कम्पनीमा सबैभन्दा चर्चामा रहेको कम्पनी डिसहोम समेत रहेको छ । डिसहोम मिडिया नेटवर्कले सर्वसाधारणको लागि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यो कम्पनीको आइपीओ लामो समयदेखि निकै चर्चामा रहेको छ ।

आइपीओ निष्काश गर्न लागेका कम्पनीमा सबैभन्दा बढी सयपत्री हाईड्रोपावरले ६२ करोड ५० लाख रुपैयाँको ६२ लाख ५० हजार कित्ता र सबैभन्दा कम ग्रिनभेन्चर कम्पनीले २ करोड ६६ लाख २५ रुपैयाँको २ लाख ६६ हजार २५० कित्ता साधारण सेयर निष्काशनको तयारीमा रहेका छन् । यी कमपनीको आइपीओसँगै नेपालको पुँजी बजारमा ५ अर्ब ६१ करोड ३६ लाख १४ हजार ८०० रुपैयाँको लगानी थपिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL