Logo

बजारमा सेयर धितोकर्जा सीमाको असर, बिक्री चाप आउँदा ६९ अंकले घट्यो नेप्से

बजारमा सेयर धितोकर्जा सीमाको असर, बिक्री चाप आउँदा ६९ अंकले घट्यो नेप्से



काठमाडौैं । मौद्रिक नीतिले मार्जिक प्रकृतिको कर्जाको सीमा तोकेसँगै सेयर बजारमा बिक्री चाप आउन थालेको छ । लगानीकर्ताले प्रफिट बुक गर्न मार्जिन कर्जाका लागि राखिएको सेयर फुकुवा गर्दै बिक्री गर्दा बजारमा बिक्री चाप आउन थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

laxmi

‘ठूलो मात्रामा मार्जिक कर्जा लिएर सेयर खरिद गरेका लगानीकर्ताले त्यस्तो सेयरमा प्रफिट बुक गर्न फुकुवा गरेर बिक्री गर्न पर्यो,’ एक लगानीकर्ताले भने, ‘राष्ट्र बैंकको नीति अनुसार पुनः कर्जा लिँदा एउटा बैंकबाट ४ करोड र अधिकतम १२ करोड रुपैयाँभन्दा बढि मार्जिन प्रकृतिको कर्जाको सीमा तुरुन्तै लागू हुने भएकाले अहिले बजारमा बिक्री चाप बढ्नुका साथै नेप्से परिसुचक घटिरहेको छ ।’

राष्ट्र बैंकले यसअघि उक्त सीमाभन्दा बढि लिएको भए १ बर्षभित्र घटाउन निर्देशन दिएको थियो । तर राष्ट्र बैंकले अहिले नै बैंक तथा वित्तीय संस्थालाई आन्तरिक रुपमा सर्कुलर गर्दै यदि कुनै व्यक्तिले मार्जिन प्रकृतिको कर्जाको सीमा भन्दा बढि लिमिट लिएर बसेको खण्डमा अबका दिनमा थप कर्जा प्रबाह नगर्न निर्देशन दिन थालेको छ । बढी लिमिट लिएका व्यक्तिले पनि सीमा भन्दा बढि कर्जा चलाउन नपाउने र हाल भएको मार्जिन कर्जाको पनि सेयर फुकुवा गरेर बिक्री गरेपछि पुनः सोहीअनुरुप लिन नमिल्ने भएकाले बजार अझै केही समय घट्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

गत हप्ता लगातार बजार घटेर अन्तिम दिन अर्थात बिहीबार सामान्य बढेपनि यो हप्ताको दुबै दिन लगातार परिसुचक घट्नुका साथै बजारमा बिक्री चापसमेत आएको छ । मंगलबार समग्र नेप्से परिसुचक ६९ अंकले ओरालो लाग्दा १७२ कम्पनीको सेयर मुल्य घट्न पुगेको छ । तर उच्च रुपमा घटेको बजारमा १४ ओटा कम्पनीको सेयर मूल्य भने बढ्न पुगेको छ ।

बजारमा नेप्से परिसुचकमा उच्च गिरावट आएपनि कारोबार रकम भने बढ्न पुगेको छ । लगानीकर्ताले धितो रहेको कर्जा फुकुवा गर्दै बिक्रीमा ल्याउनु पर्ने बाध्यता भएपछि बजारमा गिरावट आउँदा समेत बिक्री चापका साथै कारोबार रकम बढ्न पुगेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । मंगलबार दिनभर कुल १३ अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२७ कम्पनीको २ करोड १३ लाख कित्ता सेयर खरिदबिक्री भएको छ ।

उच्च रुपमा ओरालो लागेको बजारमा सबैभन्दा बढि बीमा समुहको परिसुचक घट्न पुगेको छ । जसमा जीवन बीमा समुहको परिसुचक ४४७ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचकमा ३७२ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा बिकास बैंक समुहको परिसुचक २०५ अंकले घट्दा जलविद्युत समुहको परिसुचकमा १२४ अंकको गिरावट आएको छ । यस्तै बजारमा सबैभन्दा बढि प्रभ्ुत्व रहेको बैंकिङ समुहको परिसुचकमा २२ अंकको गिरावट आउँदा उत्पादनमुलक १९८ र फाइनान्स समुहको परिसुचक १०१ अंकले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL