Logo

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको आन्दोलन स्थगित, व्यवस्थापनसँग भयो यस्तो सहमति (पत्रसहित)

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको आन्दोलन स्थगित, व्यवस्थापनसँग भयो यस्तो सहमति (पत्रसहित)



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जारी कर्मचारीको आन्दोलन स्थगित भएको छ । मंगलबार राति प्राधिकरण व्यवस्थापन र क्रियाशील कर्मचारी ट्रेड युनियनको बीचमा सहमति भएपछि जारी आन्दोलन स्थगित भएको हो ।

प्राधिकरणलाई टुक्र्याएर दुईवटा संस्था बनाउन सरकारले ल्याएको विधेयकको विरुद्ध प्राधिकरणमा क्रियाशील ट्रेड युनियनकर्मी, पेशागत संगठनहरुले आन्दोलनका कार्यक्रम सञ्चालन गरेका थिए । ।

सरकारले ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा जाने क्रममा रहेको भन्दै कर्मचारीहरुले साउन २५ गतेदेखि आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL