Logo

कोरोनाले फराकिलो बन्दै चिनियाँ ‘एडटेक उद्योग’, शिक्षामा पहुँच बिस्तारसँगै खर्बौ डलरको व्यापार

कोरोनाले फराकिलो बन्दै चिनियाँ ‘एडटेक उद्योग’, शिक्षामा पहुँच बिस्तारसँगै खर्बौ डलरको व्यापार



काठमाडौं । कोरोनाभाइरस महामारी पछिल्लो शताब्दीमा मानव स्वास्थ्यको सबैभन्दा खराब सार्वजनिक स्वास्थ्य संकट मध्येको एक संकट हो । चीनबाट शुरु भएको कोरोना महामारी चीनको ‘एडटेक उद्योग’ (शिक्षा प्रविधि उद्योग) को लागि भने वरदान नै बनेको छ । किनकि इन्टरनेट र डिजिटल टेक्नोलोजीले स्कूल बाहिर रहेका लाखौं बच्चाहरुलाई शिक्षित, व्यस्त र घरमा बस्न सक्षम बनाएको छ ।

laxmi

चीनमा अनलाइन शिक्षा प्रयोगकर्ताहरुको संख्या गत बर्ष ६२ प्रतिशत बढेर ४२० मिलियन हुने अनुमान गरिएको थियो । जुन केवल चार बर्षमा तीन गुणा बढेको छ, जबकि उद्योगको मूल्य ४१ प्रतिशतले बढेर ६३.५ बिलियन अमेरिकी डलर हुने अनुमान गरिएको थियो, सन २०१७ पछि जुन दोब्बर भन्दा धेरै रहेको चाइना इन्टरनेट रिपोर्ट २०२० मा उल्लेख छ ।

टेक्नोलोजी र डिजिटलकरणद्वारा एडटेक उद्योग फष्टाएको छ र यसले शिक्षामा सकारात्मक नतिजा ल्याएको छ । कोरोना महहामारीपछि इ–कमर्श, अनलाइन सामग्री र मिडिया र सामाजिक सञ्जालजस्ता धेरै उद्योगहरुले कोरोनाको प्रकोप बाट बढावा पाएको देखिन्छ । कोरोनाकै कारण एडटेक उद्योगले पनि थप गति लिएको अवस्था छ ।

यस्तै कोरोना महामारीमा चिनियाँ नागरिकले इन्टरनेटमा विताउने समय पनि प्रतिदिन करिव साढे २ घण्टाले बढेको छ । यसरी इन्टरनेटमा विताउने समय बढ्दा हाल यो समय साढे ७ घण्टा पुगेको छ । यस्तै यस अवधिमा ४१ बर्षभन्दा माथिका इन्टरनेट प्रयोगकर्ताहरुको मोबाइल इन्टरनेट प्रयोगको दर पनि १४ प्रतिशतले बढेको छ भने कम उमेरका प्रयोगकर्ताहरु केही समयमै भर्चुअल विश्वमै रमाउने प्रक्षेपण गरिएको छ ।

उक्त रिपोर्टले चीनमा कोरोना महामारीताका परेका प्रभाव र प्रविधि र इन्टरनेटले यसमा गरेको सहयोगको बारेमा विशेष चर्चा गरेको छ । यस्तै प्रतिवेदनमा चीनमा फैलिईरहेको फाईभजी प्रविधि र यसले बढाएको लाईभ स्ट्रिमिङलाई पनि जोडिएको छ । यस्तै महामारीकै अवस्थामा उदय भएका कतिपय स्टार्टअप कम्पनीहरुले पनि हाल उल्लेख्य मात्रामा आफ्नो विस्तार गरिरहेको समेत उक्त प्रतिवेदनमा उल्लेख छ ।

हाल स्टार्टअपकै क्षेत्रमा हेर्दा पनि चीनमा १ अर्ब डलर बढी पूँजी भएका स्टार्टअप कम्पनीहरु छन् । जुन विश्वका अन्य देशमा छैन । जसमा १ खर्ब डलर पूँजी भएको बाईटडान्स रहेको छ । प्रतिवेदनले इकमर्स, कन्टेन्ट एण्ड मिडिया, फाईभ जी, एआईलगायत १० बिषयमा भने गहन अध्ययन गरेको थियो ।-साउथ चाइना मर्निङ पोष्टबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL