Logo

भरतपुरमा इन्टरनेटको तार सुनियोजित रुपमा काटिएको भन्दै आपत्ति, आइस्पानको ध्यानाकर्षण

भरतपुरमा इन्टरनेटको तार सुनियोजित रुपमा काटिएको भन्दै आपत्ति, आइस्पानको ध्यानाकर्षण



काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले भरतपुरमा नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले अति आवश्यक इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रुपमा काट्ने काम गरी दूरसञ्चार उपकरणहरुमा समेत क्षति पुर्याएर दूरसञ्चार उपकरणहरुलाई नियन्त्रणमा लिएर इन्टरनेट सेवा नै अवरुद्ध गराएको प्रति आपत्ति जनाएको छ ।

संघले पोल भाडादर बारे उच्च निकाय (उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय) सँग छलफल भईरहेको अवस्थामा यो किसिमको निन्दनीय कार्य भएको जनाएको छ ।

साथै इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर इन्टरनेट सेवा प्रवाह गर्ने तार हटाउन समेत भनिएकाले हामी उक्त्त घटनाको गृह मन्त्रालय, जिल्ला प्रसाशन कार्यालय भरतपुर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसंचार प्राधिकरण, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय र सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराएको छ । संघले दूरसञ्चार ऐन, २०५३ ले गरेको व्यवस्थालाई अटेर र उल्लंघन गरी गरिएको उक्त क्रियाकलापहरुले दूरसञ्चार ऐन, २०५३ को परिच्छेद ९१० सजाय र पुनरावेदनको दफा ४७ दण्ड सजायलाई चुनौती दिएको कुरा पनि सम्बन्धित निकायहरुलाई जानकारी गराएको छ ।

यस क्रियाकलापले गर्दा भरतपुरका दशौँ हजार आमउपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शिक्षा, बैंकिंग कारोवार गर्नबाट बन्चित हुन पुगेका र यउपभोक्ताको दैनिकी नराम्रोसँग प्रभावित भएको संघले जनाएको छ ।

यो कदमले कोभीड(१९ मा डिजिटल शिक्षा, स्वास्थ्य लगायतक संबेदनशील क्षेत्र र सिङ्गो अर्थतन्त्रलाई चलायमान राखिरहेको अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पुर्याउने नियतवश गरिएको र यस्ता गैरकानुनी कार्यहरुलाई गम्भीर रुपमा लिई सो कार्यहरुलाई तत्कालै रोक्नका लागि आवश्यक काम कारबाही गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL