Logo

५२ करदातालाई ३० दिनभित्र कर दाखिला गर्न कामपाको ताकेता, नेपाल विद्युत प्राधिकरणदेखि पेप्सीसम्म सूचीमा

५२ करदातालाई ३० दिनभित्र कर दाखिला गर्न कामपाको ताकेता, नेपाल विद्युत प्राधिकरणदेखि पेप्सीसम्म सूचीमा



काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर तिर्न बाँकी रहेका ५२ करदातालाई ३० दिनभित्र कर दाखिला गर्न निर्देशन दिएको छ।

आइतबार एक सूचना मार्फत महानगरपालिकाले घरजग्गारसम्पत्ति कर वापतको रकम तोकिएको समयमा बक्यौता गर्न बाँकी रहेका विभिन्न ५२ करदातालाई ३० दिनभित्र कर तिर्न भनेको छ ।

महानगपालिकाले पेप्सी उत्पादक कम्पनी वरुण वेभरेज, जय नेपाल हल, इम्पोरियल अर्पाटमेन्ट, कान्तिपुर होटल, होटल हिमालयन, सिटी होटल्स, शुभकामना हाउजीङ्ग, गोपीकृष्ण मुभिजु, खाद्य संस्थान, नेपाल विद्युत प्राधिकरण, चेम्बर भवन, नेशनल ट्रेडिङ्ग, के एल टावर, सिटी सेन्टर लगायतका ५२ करदातालाई एक महिनाभित्र बक्यौता कर भुक्तानी गर्न पत्राचार गरेको हो।

३० दिनभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग वा सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सम्पत्तिको विवरण बुझाउन बाँकी कर (जरिवाना समेत) दाखिला गर्नुपर्ने छ । तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानूनी प्रक्रिया अगाडि बढाउने समेत महानगरपालिकाले जनाएको छ ।

नामावलीसहित :

प्रतिक्रिया दिनुहोस्
MBL