Logo

जापानबाट आज अनुदानको थप तीन लाख डोज खोप आउँदै, आठ लाख डोज अर्को साता आउने

जापानबाट आज अनुदानको थप तीन लाख डोज खोप आउँदै, आठ लाख डोज अर्को साता आउने



काठमाडौं, । जापान सरकारले अनुदानमा दिएको थप तीन लाख डोज एस्ट्राजेनेका खोप आज आइपुग्न लागेको छ। जापान सरकारले नेपाललाई १६ लाख डोज खोप दिएको छ। जसमध्ये पहिलो चरणमा आठ लाख डोज खोप आउन लागेको हो।

laxmi

शनिबार पाँच लाख डोज खोप ल्याइउको छ। आज थप तीन लाख डोज खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको स्वास्थ्य सेवा विभागका खोप महाशाखा प्रमुख झलक शर्मा गौतमका अनुसार बाँकी आठ लाख डोज खोप अर्को साता आउनेछ।

कोभ्याक्स सुविधा अन्तर्गत जापानबाट खोप आएको हो। आज ९ः४५ बजे तीन लाख खोप आउन लागेको उनले बताए । यो खोप भोलिदेखि वृद्धवृद्धालाई लगाइने भएको छ। प्रदेश १ र २ बाहेक पाँच वटा प्रदेशमा वृद्धवृद्धालाई दोस्रो डोज लगाइनेछ।

प्रतिक्रिया दिनुहोस्
MBL