Logo

एसईईको नतिजा आजै प्रकाशन गर्ने तयारी, प्रमाणीकरण गर्दै बोर्ड

एसईईको नतिजा आजै प्रकाशन गर्ने तयारी, प्रमाणीकरण गर्दै बोर्ड



काठमाडौँ । विस २०७७ सालको एसईई माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको लागि (आन्तरिक मूल्यांकन) को देशभरिको नतिजा आजै प्रकाशन गर्ने तयारी भइरहेको जनाएको हो ।

कोरोना भाइरस महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिएपछि विद्यालयहरुले नै आन्तरिक मूल्यांकन गरेर विवरण बोर्डमा पठाएका थिए । सोही नतिजालाइ नै बोर्डले प्रमाणित गरेर प्रकाशन गर्न लागेको हो । यसअघि साउन दोस्रो साताभित्रै नतिजा प्रकाशन गर्ने भनिए पनि विभिन्न कारण ढिलाइ भएको थियो ।

परीक्षा बोर्डले एसईई २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने जनाएको छ। बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ मा एसएमएस पठाएर, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । यस्तै नेपाल टेलिकम र एनसेलमा १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL