Logo

बालाजु औद्योगिक क्षेत्रमा नेबिको विस्कुट कम्पनीको गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

बालाजु औद्योगिक क्षेत्रमा नेबिको विस्कुट कम्पनीको गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी



काठमाडौं । बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगालागी भएको छ । क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र, सुरक्षाकर्मी खटिएका छन् ।

मेसिनहरु भएको ठाउँमा आगो केही नियन्त्तणमा आएपछि गोदामतर्फको भागको आगो नियन्त्रणमा आउन नसकेको बालाजु प्रहरीले जनाएको छ ।

विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीका कारण खुलेको छैन । आगलागीका कारण भएको क्षतिको पुर्ण विवरण पनि आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL