Logo

महासंघमा फेरी उठ्यो प्रत्यक्ष निर्वाचित अध्यक्षको एजेण्डा, विधान संसोधनलाई ९ बुँदे प्रश्नावली सहित माग्यो सुझाव

महासंघमा फेरी उठ्यो प्रत्यक्ष निर्वाचित अध्यक्षको एजेण्डा, विधान संसोधनलाई ९ बुँदे प्रश्नावली सहित माग्यो सुझाव



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदका लागि पुनः प्रत्यक्ष निर्वाचित अध्यक्षको एजेण्टा उठेको छ । महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा गठित विधान संसोधन समितिले विभिन्न ९ बुँदे प्रश्नावली तयार गरेर महासंघको अध्यक्ष पदको लागि हालकै व्यवस्था अनुरुप वरिष्ठलाई स्वत अध्यक्ष दिन वा प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने भन्दै सुझाव माग गरेसँगै उक्त विषय उठान भएको हो ।

विधान संसोधन समितिले महासंघ अन्तरगतका सदस्यहरुलाई विधान संसोधनका मुख्य बुँदाहरु तयार पारेर पठाएको ९ बुँदे प्रश्नावलीको पहिलो प्रश्नमै अध्यक्षको निर्वाचन प्रत्यक्ष निर्वाचित वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने वा अध्यक्ष पदको प्रत्यक्षनै निर्वाचन गर्ने भन्दै राय मागेको छ । जोशीको संयोजकत्वमा यहि साउन १० गते बसेको बैंठकले उक्त सुझाव माग गरेको र २२ गतेभित्र संघसंस्थालाई सुझाव पठाईसक्न अनुरोध गरेको छ ।

यसैगरी कार्यसतिको कार्यकाल २ वर्ष वा ३ वर्ष राख्ने भन्ने विषयमा पनि विधानमा संसोधन गरिने भएको छ भने प्रदेश अध्यक्षहरुलाई पदेन उपाध्यक्षको पद दिने वा पदेन कार्यकारिणी सदस्यको हैसियतमै राखिने भन्ने विषयमा पनि सुझाव माग गरिएको छ ।

विधान संसोधन समितिले महिलालाई आरक्षण दिने सम्बन्धमा पनि सुझाव माग गरेको छ । यस्तै महासंघका कार्यसमिति सदस्यहरुलाई समेत राजनीति गर्नबाट वञ्चित गरिने गरि सुझाव माग गरेको छ । हाल पदाधिकारीलाई मात्रै विभिन्न राजनीतिक दलको सदस्यता लिन वा पद धारण गर्न रोक लगाएकोमा विधान संसोधन समितिले कार्यकारिणी सदस्यहरुलाई समेत सक्रिय राजनीतिमा भाग लिन पाउने वा नपाउने भन्ने विषयमा राय सुझाव माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL