Logo

नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक, सम्बन्धित निकायसँग परामर्श गर्ने प्रधानमन्त्रीको आश्वासन

नेपाल सहकारी बैंक खोल्ने विषयमा प्रधानमन्त्री सकारात्मक, सम्बन्धित निकायसँग परामर्श गर्ने प्रधानमन्त्रीको आश्वासन



काठमाडौं । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरेको छ । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो । भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले विभागको तर्फबाट देउवालाई शुभकामना पत्र प्रदान गरेका थिए । नेपाली काग्रेसका सभापति समेत रहनु भएका प्रम देउवालाई विभागका सचिव भण्डारीले विभागले गरेको कामको बारेमा समेत जानकारी गराएका थिए ।

विभागले भावी योजना र कार्यक्रमको बारेमा समेत जानकारी गराइएको सचिव भण्डारीले बताए । प्रधानमन्त्री देउवासँगको भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए । उनले भने–‘बैक खोल्न हालसम्म गरेको काम र प्रकृयाको विषयमा जानकारी गराएका थियौँ । उनका अनुसार प्रम देउवाले देशभरका सहकारी क्षेत्रको प्रतिथनिधित्व हुने गरी सहकारी बंैक खोल्नु आवश्यक रहेको आसय व्यक्त गर्नुभएको थियो ।’

नेपाल सहकारी बैंक खोल्ने विषयमा आफू सकारात्मक रहेको र तत्काल प्रकृया अघि बढाउन सम्बन्धित निकायसंग परामर्श लिने धारणा प्रधानमन्त्रीले राखेको सचिव भण्डारीले बताए । उनले भने–‘सहकारी बैक खोल्ने विषयमा विभागले थप प्रकृया थाल्नेछ ।’

विभागका प्रमुख ढुंगानाले कांग्रेसको नेतृत्वमा रहेको सरकारले सहकारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न ध्यान दिनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए । विभागका प्रमुख एवम् केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, सचिव सुरेन्द्र भण्डारी, सदस्यहरू भरत ढकाल, सीताराम काफ्ले, माधव दुलाल, शक्ति खड्का, शरद महर्जन सहितको कार्यसमितिका पदाधिकारी बालुवाटार पुग्नु भएको थियो ।

नेपाल सहकारी बैंक स्थापना गर्न संयोजक भण्डारीको नेतृत्वको टोलीले सहकारी विभागबाट सहमति लिइसकेको छ । नेपाल राष्ट्र बंैक र सहकारी महासंघको पत्र प्राप्त हुनासाथ बंैक सञ्चालनमा आउनेछ । बंैक सञ्चालन गर्न राष्ट्रिय भेला सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL