Logo

काठमाडौंमा आजदेखि पुनः भेरोसेल खोप लगाइँदै, यी खोप केन्द्रमा लगाउन सकिन्छ खोप

काठमाडौंमा आजदेखि पुनः भेरोसेल खोप लगाइँदै, यी खोप केन्द्रमा लगाउन सकिन्छ खोप



काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि कोरोनाभाइरसविरुद्धको भेरोसेल खोप लगाइँदैछ । आजदेखि उपत्यकाका विभिन्न खोप केन्द्रमा ५० वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार आजदेखि काठमाडौं महानगरपालिकाका ३२ वटा वडामा खोप लगाइने जनाइएको छ । अत्यावश्यक सेवाका व्यक्तिको हकमा राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, वीर अस्पताल, निजामती अस्पताल, शिक्षण अस्पताल महारागञ्ज र टेकु अस्पतालमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

खोप लगाउन जाँदा परिचय खुल्ने प्रमाणपत्र बोकेर जानुपर्ने हुन्छ । खोप बिहान बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको केन्द्रमा लगाइनेछ ।

तालिका हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्
MBL