Logo

रेमिटान्स कम्पनीमाथि राष्ट्र बैंकको कडाई, विदेशी सेवा प्रदायकलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदानमा रोक (सर्कुलरसहित)

रेमिटान्स कम्पनीमाथि राष्ट्र बैंकको कडाई, विदेशी सेवा प्रदायकलाई वित्तीय तथा गैरवित्तीय सेवा प्रदानमा रोक (सर्कुलरसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिटान्स) व्यवसाय गर्ने कम्पनीलाई कडाई गरेको छ । केन्द्रीय बैंकले एक सर्कुलर जारी गर्दै विप्रेषण कारोबारका लागि इजाजत प्राप्त कम्पनीले इजाजतप्राप्त गर्दा पेश गरेको सम्झौतामा उल्लेख नगरी विदेशी सेवा प्रदायकलाई कुनै पनि प्रकारको वित्तीय तथा गैरवित्तीय सेवा सुविधा उपलब्ध गराउन नपाउने व्यवस्था गरेको हो । विप्रेषण कारोवारलाई थप व्यवस्थित गर्न उक्त निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

laxmi

यस्तै केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले प्रयोग गर्ने विनिमय दरमा बैंकहरूले अन्य प्रयोजनका लागि निर्धारण गरेको विनिमय दरबाट फरेन एक्सचेञ्ज डिलर्स एशोसिएशन अफ नेपाल (फेडान) मार्फत औसत खरिद दर तय गर्न भनेको छ ।

विप्रेषणको विनिमय दरका लागि हरेक दिन बिहान १० बजे र दिनको २ बजे विप्रेषण विनिमय दरको रूपमा प्रकाशित गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले सो दरलाई आधार मानी बैंक तथा वित्तीय संस्था एवं विप्रेषण कम्पनीले विप्रेषण प्रयोजनाका लागि समानरूपमा विनिमय दर कायम गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तो विनिमय दरको विवरण फेडानले प्रत्येक दिन विदेशी विनिमय व्यवस्थापन विभागमा समेत पठाउनुपर्नेछ । विप्रेषण कारोवार गर्ने सबै संस्थाले फेडानको सदस्यता लिनुपर्नेछ ।

विप्रेषण कारोवार गर्ने इजाजत प्राप्त कम्पनीले नगद धरौटी लिई सबएजेण्ट नियुक्ति गरेको भए सो नगदको सट्टामा जमानत प्रयोजनका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।

FXMD-Circular-18_Remittance-Transaction_page-0002

प्रतिक्रिया दिनुहोस्
MBL