Logo

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले बढेर प्रतितोला ९३ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैँयाले घटेर प्रतितोला १२८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL