Logo

३० करोड खर्चेर ‘सबम्यारिन ल्याण्डिङ स्टेशन’ निर्माण गर्दै दूरसंचार प्राधिकरण, नेपालमा इन्टरनेट गुणस्तरीय र सस्तो हुने

३० करोड खर्चेर ‘सबम्यारिन ल्याण्डिङ स्टेशन’ निर्माण गर्दै दूरसंचार प्राधिकरण, नेपालमा इन्टरनेट गुणस्तरीय र सस्तो हुने



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सबम्यारिन ल्याण्डिङ स्टेशन निर्माण गर्ने भएको छ । प्राधिकरणले नेपालमा बाहिरबाट आउने इन्टरनेट व्याण्डविथलाई सस्तो, सुलभ, भरपर्दो र विश्वासिलो बनाउन चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा यसको अवधारणा ल्याएको हो ।

laxmi

३० करोड लागतमा निर्माण हुने उक्त स्टेशनमार्फत नेपालको आफ्नै कनेक्टिभिटी समुद्रसम्म हुने बताइएको छ । हालसम्म नेपालमा भारत र चीनको बाटो हुँदै विभिन्न नाकाबाट नेपालमा इन्टरनेट ब्याण्डविथ भित्रिने गरको छ । जसमा भारतीय कम्पनी एयरटेल र टाटासँग ठूलो मात्रामा इन्टरनेट खरिद गरिरहेको छ ।

त्यसपछि सिफी र अरु थुप्रै कम्पनीको इण्टरनेट ब्याण्डविथ पनि नेपालले आयात गर्छ । चीनबाट भने नेपाल टेलिकमले चाइना टेलिकमसँग इण्टरनेट किनिरहेको छ । अलिबाबा र बाइडुजस्ता कम्पनीबाट पनि मर्कण्टायल र वल्ड लिंकले कमैमात्र भए पनि इन्रनेट खपत गरेको थिङले जानकारी दिए ।

नेपालले आयात गर्ने इन्टरनेटका लागि आवश्यक कनेक्टिभिटी प्रत्यक्ष समुद्रसम्म नपुगेका कारण महंगो मूल्य तिरेर छिमेकी देशबाट इन्टरनेट आयात गर्नुको वाध्यतालाई चिर्न यो आयोजना अघि बढाउन लागिएको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्र बताउँछन् । उनका अनुसार गत बर्षको बजेटमा परामर्शदाता मात्रै माग गरेपनि यसपटकको बैठकमा भने स्टेशन निर्माण गर्नेगरी काम अघि बढाइने भएको छ ।

चालु आवको दोस्रो त्रैमासमा नै टिओआर तयार पारेर बोलपत्र आह्वान गर्ने योजना छ । त्यसपछि तेस्रो र चौथो त्रैमासमा क्रमशः आपुर्तिकर्ता र परामर्शदाता छनोट र कार्यसम्पन्न गर्ने योजना रहेको छ ।

उक्त योजनाका लागि परामर्शदाता छनोटमा ६ करोड र कार्यसम्पन्न भएपछि २४ करोड भुक्तानी गर्ने योजना रहेको छ । भूपेरिवेष्ठित मुलुकले आईटीयूको प्रावधानका आधारमा समुद्रसम्म अप्टिकल फाइबर केबल विछ्याउन सक्ने अधिकार प्रदान गरेको छ । जसअनुसार नेपालले समुद्रसम्म ब्याण्डविथ आयात गर्नेगरी आफ्नै अप्टिकल फाइबर विछ्याउन सरल र नजिकको दुरी भारत भएकाले त्यतैबाट ल्याउने योजना बनाएको छ । यसपछि नेपालले आयात गर्ने ब्याण्डवीथ भारतीय र चिनियाँ कम्पनीको नभई आफ्नै केवलमार्फत आउने बताईएको छ ।

प्राधिकरणका अनुसार चालु आर्थिक बर्षभित्रै यो काम सम्पन्न गरिनेछ । जसमार्फत आगामी आर्थिक बर्षपछि नेपालमा उपलब्ध हुने ब्याण्डविथ सिधै समुद्री संजालबाट आएको हुनेछ । यस्तै हाल भारतीय र चिनियाँ विभिन्न कम्पनीहरुसँग महंगो मूल्य तिरेर किन्नुपरेको ब्याण्डविथ आफ्नै केवलमार्फत आयात भएको खण्डमा सस्तो पर्ने प्राधिकरणका सहप्रवक्ता मिश्र बताउँछन् । ‘कति सस्तो पर्छ भनेर अहिलै भन्न सकिने अवस्था छैन,’ उनले भने, ‘तर हालको तुलनामा भने सस्तो पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL