Logo

मोफसलमा बजार अनुगमन : एक वर्षमा ३ करोड ३३ लाख जरिवाना, ४ करोडको वस्तु नष्ट

मोफसलमा बजार अनुगमन : एक वर्षमा ३ करोड ३३ लाख जरिवाना, ४ करोडको वस्तु नष्ट



काठमाडौं । गत आर्थिक बर्ष २०७७÷७८ मा मोफसलका बजारहरुबाट मात्रै झण्डै ४ करोड बराबरको म्याद सकिएका खाध बस्तु नष्ट गरिएको छ । वाणिज्य, आपुर्ति तथा उपभोत्ता हित संरक्षण विभागले ३ करोड ९८ लाख बढिको म्याद सकिएका वस्तुहरु नष्ट गरेको हो ।

विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज र धनगढीमा गरेको अनुगमनमा विभागले ३ करोड ९८ लाख ५३ हजार २ सय ५९ रुपैयाँ बराबरका म्याद सकिएका मालवस्तुहरु नष्ट गरेको हो । विभागका अनुसार यस अवधिमा विभाग मातहतका कार्यालयहरुले बजार अनुगमनलाई तीव्रताका साथ अघि बढाएका थिए । जसअन्तर्गत विभागले ४ हजार ७ सय ७९ ओटा फर्ममा अनुगमन गरेको थियो ।

कुल अनुगमन गरेका मध्ये विभागले ५१ ओटा फर्मको कारोबार नै रोक्का गरेको छ भने १ हजार ३ सय ४७ फर्मलाई जरिवाना गरेको छ । यसरी जरिवाना गरिएका फर्महरुबाट विभागले ३ करोड ३३ लाख ७० हजार रुपैयाँ जरिवाना उठाएको छ ।

यस्तै विभागले ४ हजार ४१ फर्मलाई अन्य कारवाही गरेको जानकारी दिएको छ । विभागले मोरङका २०२, पर्सामा ३ सय ६२, रुपन्देहीका २ सय ६, बाँके का ५ सय ४३ र कैलालीका ४ सय ९२ फर्मको अनुगमन गरेको थियो । जसमार्फत ९३ लाख ८८ हजार रुपैयाँ जरिवाना गरिएको छ भने २४ लाख ६८ हजार बढीको मालवस्तु नष्ट गरिएको छ ।

सरकारले कोरोना महामारीसँगै निम्तिएको लकडाउनमा पनि आफ्नो अनुगमन जारी राखेको विभागका प्रवक्ता सिवराज सेँढाईले बताए । उनका अनुसार विभाग मातहतका कार्यालयहरुलाई विभागको निर्देशन अनुसार अनुगमनमा विशेष तिव्रता दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL