Logo

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्ने तयारी, संक्रमित बढेपछि लामो दूरीको यातायात सञ्चालन अन्योलमा

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्ने तयारी, संक्रमित बढेपछि लामो दूरीको यातायात सञ्चालन अन्योलमा



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः १५ दिन थप्ने तयारी भएको छ । उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा छलफल गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बैठक बस्न लागेको छ

। बैठक दिउँसो १ बजेपछि बस्ने तय भएको छ । बैठकले नेपालमा पुनः संक्रमितको संख्या बढ्दै गइरहेका स्थितिमा निषेधाज्ञालाई कसरी र कहिलेसम्म जारी राख्नेबारे छलफल हुने बताइएको छ । आज बस्ने बैठकमा लामो दूरीका यातायात पनि खोल्ने कि भन्ने विषयमा पनि छलफल हुनेछ ।

लामो दूरीका यातायात खोल्ने कि नखोल्ने भन्ने विषयमा स्वास्थ्यकर्मी, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग परामर्श गरिने छ । संक्रमण बढ्दो दरमा रहेकाले तर १५ दिन अहिलेकै जस्तो गरी निषेधाज्ञा लम्बिने सम्भावना रहेको स्रोत बताउँछन ।

लामो दूरीका सवारीसाधन खोल्ने विषय बाहिरी जिल्लासँग सम्बन्धित भएको र यो विषयमा सीसीएसमीले नै निर्णय गर्नुपर्ने भएकाले प्रजिअहरुबीच छलफल मात्र हुनेछ ,।

उपत्यकाभित्र भने सार्वजनिक यातायात यस अघिदेखि नै सञ्चालनमा आइसकेको छ । यसअघि थपिएको निषेधाज्ञाको अवधि आज अर्थात असार ३१ गते राति १२ बजेबाट सकिँदै छ । कोरोना महामारी नियन्त्रणका लागि भनेर काठमाडौं उपत्यकामा गत वैशाख १६ गते निषेधाज्ञा शुरु गरिएको थियो । पटक–पटक अवधि थप्दै र क्रमशः खुकुलो बनाउँदै गएको भएपनि निषेधाज्ञा भने अझै पनि कायमै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL