Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २९ सय ५ जना संक्रमित, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २९ सय ५ जना संक्रमित, १८ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ८ पीसीआर परीक्षणमा २ हजार १० जना र ४ हजार ९ सय १६ एन्टिजेन परीक्षणबाट ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै संक्रमणकै कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय ६ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL