Logo

२० देखि २८ प्रतिशतले बढ्यो अन्तरप्रदेश चल्ने सवारीसाधनको भाडा, कहाँको कति ?

२० देखि २८ प्रतिशतले बढ्यो अन्तरप्रदेश चल्ने सवारीसाधनको भाडा, कहाँको कति ?



काठमाडौं । सरकारले अन्तरप्रदेश चल्ने यात्रुबाहक र मालवाहक सवारीसाधनको भाडा बढाएको छ । बुधबारदेखि नै लागु हुनेगरी यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनको भाडा २८ प्रतिशतले बढाउँदा पहाडी बाटोमा संचालन हुने मालबाहक सवारीसाधनको भाडाडदर २० प्रतिशतले बढाएको छ । यस्तै विभागले तराईको बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर भने २६ प्रतिशतले बढेको जानकारी दिएको छ ।

विभागले यसअघी इन्धन, पार्टपुर्जा, संचालन खर्च, श्रमिककको तलवलगायत वृद्धि भएको भन्दै साविकको भाडादर बढाएर नयाँ बैज्ञानिक भाडादर कायम गरेको हो । सार्वजनिक यातायात व्यवसायीहरुले पछिल्लो समय बैज्ञानिक भाडादर समायोजन हुनुपर्ने माग राख्दै आएका थिए । सोहीअनुसार अध्ययन र विज्ञहरुसँगको छलफलपछि उक्त भाडादर वृद्धि कायम गरिएको विभागले जानकारी दिएको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्
MBL