Logo

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोनसन एण्ड जोनसनको खोप, श्रम स्टिकर र राहदानी देखाएर लगाउन पाईने

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोनसन एण्ड जोनसनको खोप, श्रम स्टिकर र राहदानी देखाएर लगाउन पाईने



काठमाडौं । विदेशी जाने नेपाली श्रमिकहरुलाई जोनसन एण्ड जोनसनको वान डोज खोप लगाईने भएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले यसअघि कामदारलाई भेरोसेल लगाउँदा विदेश जान अप्ठ्यारो पर्ने भएकाले जोनसन एण्ड जोनसनको खोप लगाउन आग्रह गरेका थिए ।

laxmi

सोहीअनुसार श्रम तथा रोजगार मन्त्रालयले सचिवस्तरिय निर्णय गरेर जे एण्ड जेको खोप वैदेशिक रोजगारीमा जान लागेको श्रमिकलाई लगाउने निर्णय गरेको हो । यसअघि प्रगतिशील वैदेशिक रोजगार ब्यबसायी मंच, नेपालले वैदेशिक रोजगार मा जाने कामदारलाई खोप लगाउन लामो समय देखी सरकार सङ माग र पहल गर्दै आएको थियो । जसका कारण सरकारले असार २८ गते वैदेशिक रोजगारीमा जाने कामदारलाई भेरोसिल दिने निर्णय गरेको गरेको थियो ।

उक्त खोपले कामदार लाई गन्तव्य मुलुकमा जान अप्ठ्यारो परेकोले अघिल्लो निर्णय सच्याई जोनसन एण्ड जोनसनको वान डोज खोप दिलाइदिन श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालय लाई मञ्चले माग गरेको थियो । मञ्चको उक्त माग बमोजिम मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदार लाइ जे एण्ड जे खोप दिन सचीव स्तरीय निर्णय गर्दै कोभिड–१९ संकट ब्यबस्थापन केन्द्र लाई पहिलेको निर्णय सच्याउन पत्र लेखी जे एण्ड जे खोप दिलाउन निर्णय गरेको हो ।

यस्तै अब श्रम स्वीकृत गरेको प्रमाण र राहदानी सहित तोकिएको जे एण्ड जे खोप केन्द्र वा स्वास्थ मन्त्रालयले तोकेको केन्द्र बाट खोप प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL