Logo

स्मार्ट टेलिकमको अन्तर्राष्ट्रिय कलमा भारी छुट, कुन देशमा कति शुल्क ?

स्मार्ट टेलिकमको अन्तर्राष्ट्रिय कलमा भारी छुट, कुन देशमा कति शुल्क ?



काठमाडौं । स्मार्ट टेलिकमले प्रयोगकर्तालाई धेरै भन्दा धेरै सुबिधा दिने उद्देश्यसहित अन्तर्राष्ट्रिय कल मा ३० प्रतिशतसम्मको आकर्षक छुट तथा प्याकेजको निःशुल्क एक्टिभेसन सुविधा दिने योजना सार्बजनिक गरेको छ ।

laxmi

यस सुविधासँगै प्रयोगकर्ताहरुलाई अन्तर्राष्ट्रिय कल अझै सस्तो र सुलभ दरमा प्राप्त हुने विश्वास स्मार्ट टेलिकमको रहेको छ ।

यो छुटसँगै प्रयोगकर्ताहरूले विश्वभरि छरिएर रहेका आफन्तसँग सहज एवं सुलभ दरमा अझै धेरै कुराकानी गर्न सक्नुहुने छ भन्ने विश्वास कम्पनीले लिएको छ । अब भारत, चिन, दक्षिण कोरिया, दक्षिण कोरिया, अस्ट्रेलिया, वेलायत, जापान तथा युएसए-क्यानडा जस्ता देशहरु न्यूनतम १.९९ रुपैयाँमा कुराकानी गर्न सकिने भएको छ । 

सार्बजनिक गरिएको दररेटमा भारतमा २.८९ रुपैंया, चीनमा ३.९९, दक्षिण कोरिया ४.९९, अमेरिका/क्यानाडामा १.९९, बंगलादेशमा ३.९९, अस्ट्रेलियामा ५.९९, बेलायतमा ४.९९, जापानमा ४.९९, भुटानमा ७, श्रीलंकामा १५, फिलिपिन्समा १५, सिंगापुरमा ४, न्यूजील्याण्डमा ६, थाइल्याण्डमा ८, भियतनाममा ७ र म्यान्मारमा २०  रुपैयाँ रहेको छ । यी दररेट कर वाहेक रहेको स्मार्ट टेलिकमले जानकारी दिएको छ ।

यी अफरहरु प्रयोग गर्नका लागि *१४१*८*१*१# डायल गर्नुपर्ने स्मार्ट टेलिकमले जनाएको छ । यस योजनाको विस्तृत जानकारीका लागि ग्राहकहरुले १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सकिने वा स्मार्ट टेलिकमको फेसबुक वा वेभसाइट www.smarttel.com.np मा गएर थप जानकारी लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL