Logo

उद्योगपति विनोद चौधरीको अर्थमन्त्रीमा दाबी, पत्याउलान त देउबाले ?

उद्योगपति विनोद चौधरीको अर्थमन्त्रीमा दाबी, पत्याउलान त देउबाले ?



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिमण्डलसँगै प्रधानमन्त्रीमा सपथग्रहणको तयारी गरिरहेका छन् । सोमबार सर्वोच्च अदालतले २८ घन्टा भित्र प्रधानमन्त्री नियुक्त गर्नु भन्‍ने आदेश दिएपछि राष्ट्रपति कार्यालयले देउवालाई सपथको लागि बोलाएको बताइएको छ ।

सोमबार सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यालयका नाममा परमादेश दिँदै २९ असार साँझ ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको छ । सर्वोच्चको यो आदेश अनुसार, राष्ट्रपतिको कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको छनोटमा अहिले गठबन्धनमा रहेका दलहरु जुटिरहेका छन् । जुटेका छन् । काँग्रेस सभापति देउवाले पार्टीबाट आफ्नो सरकार चलाउन सारथीहरु छनौका लागि परामर्श गरिरहेका छन् । यस्तोमा राष्ट्रिय ढुकुटी सञ्चालनको अभिभारा बोकेको अर्थमन्त्रालय कुन पार्टी कसको भागमा पर्छ र कसले पाउँछ भन्ने चासो अहिले सर्वत्र छ । स्रोतका अनुसार देउबाले अहिले अर्थमन्त्रालय आफ्नै पार्टीले सम्हाल्ने गरि योजना बनाइरहेका छन् । यसका लागि काँग्रेसभित्र को अर्थमन्त्री बन्ने भन्ने विषय पेचिलो बन्दै गएको छ ।

नयाँ सरकारमा अर्थमन्त्री बन्न काँग्रेसका सांसद रहेका उद्योगपति बिनोद चौधरीले पनि दाबी प्रस्तुत गरेका छन् । अर्थतन्त्र बुझेको र निजी क्षेत्रको पनि सहयोग लिएर सरकार चलाउन आफु उपयुक्त पात्र रहेको भन्दै चौधरीले अहिले देउबासमक्ष आफ्नो दाबी प्रस्तु गरेको बुढानीलकण्ठ निकट स्रोत बताउँछ् ।

तर, काँग्रेसमा देउबा पक्षकै डा नारायण खड्का, डा ज्ञानेन्द्रहादुर कार्कीले अर्थमन्त्रीमा दाबी प्रस्ुतत गरेको र संस्थापन पक्षबाट डा रामशरण महत, डा मिनेन्द्र रिजाललगायत पनि अर्थान्त्रीमा आँक्षी रहेकाले चौधरीको दाबी अन्योलमा परेको बताइएको छ । यसपटक देउबाले चौधरीलाई पत्याउने पो हुन कि भन्ने चर्चा पनि बुढानीकण्ठ र काँग्रेस वृत्तमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL