Logo

पाँचौं पटक प्रधानमन्त्री बन्दै देउवा, नियुक्ति र शपथ आज

पाँचौं पटक प्रधानमन्त्री बन्दै देउवा, नियुक्ति र शपथ आज



काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री बन्‍ने सौभाग्य पाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुने भएका छन् ।

अदालतले २८ घन्टा भित्र प्रधानमन्त्री नियुक्त गर्नु भन्‍ने आदेश दिएपछि राष्ट्रपति कार्यालयले देउवालाई सपथको लागि बोलाएको शीतलनिवास स्रोतले बताएको छ ।
सोमबार सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यालयका नाममा परमादेश दिँदै २९ असार साँझ ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको छ । सर्वोच्चको यो आदेश अनुसार, राष्ट्रपतिको कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको हो ।

देउवा पाँचौं पटक प्रधानमन्त्री बन्न लागेका हुन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि आन्तरिक परामर्शमा र छलफललाई तीव्र बताएका छन् । सोमबार देउवाले केपी शर्मा ओलीविरुद्ध गठबन्धन निर्माण गरेका सबै दलसँग परामर्श गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL