Logo

पहिलोपटक नेपाल भित्रियो कोरोनाविरुद्धको सिंगल डोज खोप, अमेरिकाद्धारा नेपाललाई १५ लाख डोज हस्तान्तरण

पहिलोपटक नेपाल भित्रियो कोरोनाविरुद्धको सिंगल डोज खोप, अमेरिकाद्धारा नेपाललाई १५ लाख डोज हस्तान्तरण



काठमाडौँ । अमेरिकाले अनुदानमा दिएको जोन्सन एन्ड जोन्सन कम्पनीको १५ लाख डोज सोमबार बिहान काठमाडौँ आइपुगेको छ । अमेरिकाले कतार एयरवेजको नियमित उडानबाट खोप पठाएको हो । अमेरिकाले कोभ्याक्स कार्यक्रम मार्फत नेपाललाई जोनसन एण्ड जोनसनले बनाएको कोरोनाविरुद्धको सिंगल डोज खोप उपलब्ध गराएको हो ।

laxmi

नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले विमानस्थलमा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन् । यसअघि शुक्रबार साँझ नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले पनि अमेरिकाले नेपाललाई १५ लाख डोज निस् शुल्क प्रदान गर्ने बताएका थिए ।

उनले भनेका थिए(–आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ खोप निशुल्क उपलब्ध गराउंदैछ । नेपाल–अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो । अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ ।ु

अमेरिकी राष्ट्रपति जो बाइडेनले केहि समयअघि मात्र विश्वका विभिन्न देशमा ८ करोड डोज खोप दिने घोषणा गरेका थिए । नेपाल सरकारले किनेको ४० लाख डोज चिनियाँ खोपको पहिलो खेप ८ लाख डोज खोप गत शुक्रबार बिहान काठमाडौँ आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL