Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १ हजार ८३१ संक्रमित, २० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका १ हजार ८३१ संक्रमित, २० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८ सय ३१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५३५ जनाको पीसीआर र ३ हजार ६८३ जनाको एन्टीजेन परिक्षणमा उक्त जनालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ५३३ पुगेको छ र मृत्यु हुनेको संख्या २० रहेको छ ।

laxmi

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेका छन् । जसमध्ये २३ हजार ४७१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७०२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५५३ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL