Logo

उपभोक्ता व्यवहारमा कोरोनाले ल्यायो विश्वव्यापी परिवर्तन, नेपाली पनि ई-कमर्शतिर झुम्मिए

उपभोक्ता व्यवहारमा कोरोनाले ल्यायो विश्वव्यापी परिवर्तन, नेपाली पनि ई-कमर्शतिर झुम्मिए



काठमाडौं । सन २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना संक्रमण (कोभिड–१९) महामारीले विश्व भ्रमण गरिसकेको छ । विश्वका प्रायः धेरै देश प्रभावित बनाएको कोरोना नयाँ–नयाँ भेरियन्टको उत्परिर्वनका कारण अझै कहिलेसम्म रहने हो भन्ने आँकलन गर्न सकिने अवस्था छैन । कोरोाकै कारण विश्वमा विभिन्न परिवर्तनहरु भएका छन् । कोरोना महामारी शुरु भएयता जारी निषेधाज्ञा र लकडाउनका कारण उपभोक्ताको व्यवहारमा ऐतिहासिक परिवर्तन भएको देखिन्छ । कोरोनायता विभिन्न क्रियाकलापहरुमा बन्देज लगाइएपछि वातावारणमा पनि सकारात्मक असर परेको देखिन्छ ।

हालै गरिएको एक अध्ययनअनुसार कोरोना महामारीले निम्त्याएको लकडाउनमा धेरैजसो मानिसरहरु घरमै बसेर काम गर्दा अनलाईनमार्फत हुने शपिङमा उल्लेख्य वृद्धि भएको देखिन्छ । जसका कारण अनलाईनमार्फत उपलब्ध हुने प्राय सेवाहरुमा उपभोक्ताहरु झुम्मिएको देखिन्छ । विश्वभरजारी लकडाउनका अवधिमा उपभोक्ताहरुले आफुहरु पहिलेजस्तै पसलमै गएर कुनै वस्तुहरु खरिद गरौंला भनेर पनि सोच्न सक्ने अवस्था थिएन ।

यसैक्रममा भएको अध्ययनमा ८ हजार ६ सय बढी जनालाई पछिल्लो १२ महिनामा आफुलाई आवश्यक सामग्रीहरु कसरी खरिद गर्नुभयो भनी सोधिएको थियो । जसमा ४६ प्रतिशतले आफै पसलमा उपस्थित भई सामान किनेको, ३८ प्रतिशतले ट्याब्लेटमा अनलाईनमार्फत सामाग्री खरिद गरेको र ३४ प्रतिशतले कम्प्युटरमार्फत खरिद गरेको बताएका छन् । यस्तै ४४ प्रतिशतले मोबाईल फोनमार्फत सामान खरिद गरेको उल्लेख गरेका छन् । अन्य ४२ प्रतिशतले भने अमेजन, ईकोलगायत स्मार्ट भ्वाईस एसिस्टेन्टमार्फत खरिद गरेको जानकारी दिएका छन् । जसमा ५० प्रतिशत बढी उपभोक्ताले आफुहरुले डिजिटल डिभाइसको प्रयोग गरी आफुलाई आवश्यक सामग्री खरिद गरेको बताएका छन् । यो प्रतिवेदनले सन २०१८ यता सामान खरिदमा मोबाईलको प्रयोग पनि दोब्बरले बढेको देखाएको छ ।

पछिल्लो समय औषधि, लत्ताकपडा, भाँडाकुँडालगायत अत्यावश्यकदेखि कम आवश्यक वस्तुहरु पनि अनलाईनमार्फत खरिद गर्ने प्रचलन बढ्दै गइरहेको थियो । तर, पछिल्लो समय फैलिएको कोरोना महामारी र यसले निम्त्याएको लकडाउनमा भने यस्तो प्रवृत्ति अरुबेला भन्दा बढेको देख्न सकिन्छ ।

नेपालमा पनि कोरोना महामारीले उपभोक्तालाई पहिलेभन्दा अल्छी बनाईदिएको छ । सँधै शनिबार शपिङमा जानुपर्ने जमातले पनि हाल अनलाईनमार्फत सामान खरिद गरेर आफ्नो समय बचाइरहेको देख्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक बर्षको ११ महिनामा मात्रै ईकमर्स व्यापारमार्फत ८ अर्ब ६४ करोड रुपैयाँ बढीको कारोबार भएको देखिन्छ । जसमार्फत प्रतिमहिना ५० करोडदेखि १ अर्ब बढीको कारोबार हुने गरेको देखिन्छ । उपभोक्ताले घरबाटै सोफामा बसेर आफुलाई आवश्यक सामग्रीहरु खरिद गर्दा नयाँ प्रकारको र नयाँ ब्राण्डको सामान किन्न रुचाउने गरेको पनि अध्ययनमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL