Logo

चरणवद्ध आन्दोलनको तयारीमा यातायात व्यवसायी, सडकबाटै गाडीको चावी सरकारलाई बुझाउने

चरणवद्ध आन्दोलनको तयारीमा यातायात व्यवसायी, सडकबाटै गाडीको चावी सरकारलाई बुझाउने



काठमाडौं । आफ्ना मागहरु पुरा नहुने भएपछि यातायात व्यवसायीहरुले चरणवद्ध आन्दोलनका तयारी थालेका छन् । बिहीबार सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले एक विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि चरणवद्ध आन्दोलनका तयारी थालेको बताएको हो ।

laxmi

महासंघले कोरोना पछि लामो समयपछि सार्वजनिक सवारीसाधनहरु संचालनमा आउँदा धेरै झमेला भएको र सोही अनुसार विभिन्न माग राखेपनि हालसम्म सुनुवाई नभएको भन्दै यस्तो विज्ञप्ति जारी गरेको हो । आफ्नो विज्ञप्तिमा व्यवसायीहरुले जनआन्दोलन, भुकम्प, कोरोना महामारीलगायतका समयमा नचलेर २० बर्षे म्याद त्यत्तिकै सकिन लागेको भन्दै ५ बर्ष म्याद थपको माग रोखेका छन् । यस्तै गाडी थन्किएको समयलाई शून्य समय मानेर बैंकको किस्तामा छुट, बीमा मा छुटलगायतमा माग पनि राखेका छन् । साथै उनिहरुले लामो समयदेखि बैज्ञानिक भाडादर लागु नभएको भन्दै यसलाई कार्यान्वयन गर्नसमेत माग राखेका छन् ।

महासंघले आफ्ना माग पुरा गर्न र सुनवाई गर्न असार २४ र २५ गते सरकारका विभिन्न निकायमा ज्ञापन पत्र बुझाउने र २९ र ३० गते धर्ना बसेर ध्यानाकर्षण गराउने कार्यक्रम तय गरेको छ । यस्तै साउन १ गतेदेखि भने चालकले कालो पट्टी बाँधेर, गाडीमा कालो झण्डा र ब्यानर टाँसेर संचालन गर्ने तयारी छ । त्यति गर्दा पनि माग पुरा नभएको खण्डमा महासंघले ३ र ४ गते बिहान १० देखि १२ बजेसम्म गाडी सडकमै राखेर धर्ना दिने तयारी गरेको बताएको छ । साथै महासंघले सोहीदिन सडकमै गाडी छोडेर चावी सरकारलाई बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL