Logo

कोरोना कहर : ३ दशक लामो इतिहास बोकेको कुमारी हल सँधैका लागि बन्द

कोरोना कहर : ३ दशक लामो इतिहास बोकेको कुमारी हल सँधैका लागि बन्द



काठमाडौं । कमलपोखरीस्थित कुमारी हल सँधैका लागि बन्द भएको छ । कोरोना महामारीले व्यापार व्यवसायी चौपट भएसँगै यसका संचालकहरुले यसलाई सँधैका लागि बन्द गर्ने निर्णय गरेका हुन् ।

laxmi

दुईवटा पर्दा भएको यो हलले नेपाली चलचित्र क्षेत्रको ३ दशक लामो इतिहास बोकेको छ । तर पछिल्लो समय विश्वभर फैलिएको कोरोना महामारी र यसले निम्त्याएको लकडाउनले चलचित्र क्षेत्र नै ध्वस्त भएपछि हल संचालनमासमेत बाधा आएको हो ।

यसका लागि उक्त हल भएको स्थानको सामानहरु समेत अहिले हटाउन थालिएको छ । अब चलचित्र भवन अन्य प्रयोजनका लागि प्रयोग गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL