Logo

उधारो बीमामा समितिको रोक, बीमकको खातामा पैसा नपुग्दासम बीमालेख जारी नगर्न निर्देशन

उधारो बीमामा समितिको रोक, बीमकको खातामा पैसा नपुग्दासम बीमालेख जारी नगर्न निर्देशन



काठमाडौं । बीमा समितिले प्रिमियम प्राप्त नभएसम्म बीमा लेख जारी नगर्न बीमा कम्पनीहरुलाई ताकेता गरेको छ । समितिले पछिल्लो समय बीमाशुल्क प्राप्त नभईकनै बीमालेख जारी गर्ने प्रवृत्ति बढेको भन्दै उजुरी आएपछि यस्तो ताकेता गरेको हो ।

समितिले एक विज्ञप्ति जारी गर्दै उधारो वा चेकमार्फत हुने बीमामा बीमाशुल्क प्राप्त नभएसम्म बीमा लेख जारी नगर्न निर्देशन दिएको हो । कतिपय आयोजना तथा कम्पनीहरुले आफ्नो फर्म्यालिटी पुरा गर्नकै लागि भएपनि उधारोमा या चेक दिएर बीमा गर्ने गर्दछन् ।

तर, त्यस्ता आयोजनामा खासगरी बीमा दावी पर्दैन, परेपनि प्रिमियम पछि भुक्तानी गरेर बीमादावी भुक्तानीको कार्य हुन्छ । अबदेखि यो विकृति मौलाउन नदिने बीमा समितिले बीमकको खातामा पैशा जम्मा नभएसम्म बिमालेख जारी नगर्न कम्पनीहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL