Logo

कोकाकोलाको भारत तथा दक्षिणपश्चिम एशिया उपाध्यक्षमा देवयानी राणा नियुक्त, तत्कालीन युवराज दीपेन्द्रसँग जोडिएको थियो नाम

कोकाकोलाको भारत तथा दक्षिणपश्चिम एशिया उपाध्यक्षमा देवयानी राणा नियुक्त, तत्कालीन युवराज दीपेन्द्रसँग जोडिएको थियो नाम



काठमाडौं । कोकाकोलाले भारतसहित दक्षिण पश्चिम एशिया उपाध्यक्षमा देवयानी राणालाई नियुक्त गरेको छ । कम्पनीले राणालाई सार्वजनिक मामिला, संचार तथा सस्टेनाबिलिटीतर्फ उपाध्यक्षमा नियुक्त गरेको हो । कोकाकोलाले राणालाई कम्पनीको यो क्षेत्रमा आफ्नो उद्देश्य प्रप्तिका लागि उपाध्यक्षमा नियुक्त गरेको उल्लेख गरेको छ ।

राणासँग २५ बर्षभन्दा बढी सरकारी तथा निजी क्षेत्रमा रणनीतिक व्यापारबारे वकालतको अनुभव छ । यस्तै उनमा जोखिम व्यवस्थापन, संचार, सामाजिक उत्तरदायित्व तथा दिगोपनका बारेमा पनि उत्तिकै अनुभव छ । उनी कुनैपनि व्यापारलाई प्रभावकारी ढंगले रणनीतिक रुपमा सबल बनाउन पनि उत्तिकै दख्खल राख्छिन् ।

राणाले आफुले सम्हालेका सबै टिमहरुलाई प्रभावकारी ढंगले अघि बढाउने काम गरेको भन्दै भारत तथा दक्षिण पश्चिम एशियाका लागि कोकाकोलाका अध्यक्ष संकेत रे ले उनलाई उपाधयक्षको जिम्मेवारी हस्तान्तरण गरसँगै क्षेत्रमा कोकाकोलाले झन प्रगति गर्ने विश्वास व्यक्त गरे ।

यसअघि उनी भारत नेपाल र भुटानका लागि क्याटरपिल्लर इण्डियाको सार्वजनिक मामला निर्देशक थिइन । यसअघि उनीसँग युएनडीपी र युएनमा जस्ता निकायमा काम गरेको अनुभव छ ।

भारतको प्रभावशाली सिन्धिया परिवारकी नातेदार राणाले राजनीतिक शास्त्रमा स्नातकोत्तर नेपालको त्रिभुवन विश्वविद्यालयबाट गरेकी थिईन । त्यसपश्चान पुनः भारतको नयाँदिल्लीस्थित लेडी श्रीराम कलेज विश्वविद्यालयबाट ब्याचलर अफ आर्ट अध्ययन गरेकी थिईन । वेष्ट मिडियाइन्फो डटकमबाट

प्रतिक्रिया दिनुहोस्
MBL