Logo

आजदेखि माथिल्लो तामाकोशीको बिजुली उत्पादन, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने

आजदेखि माथिल्लो तामाकोशीको बिजुली उत्पादन, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने



काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दैछ। कूल ४५६ मेगावाट क्षमताको तामाकोशी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्ने भएको हो । आज प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

laxmi

यो आयोजना स्वदेशी लगानीमा नै हालसम्मकै ठूलो आयोजना बनेको हो । यही असार मसान्तभित्रै आयोजनाको अर्को एक युनिटबाट समेत बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी गरेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जनाएका छन् ।

उनका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन हुने उनको भनाई छ । आइतबार यस आयाजनाले विद्युतगृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको थियो । आयोजनाले शनिबार मात्रै ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

यस्तै जिआइएस समेत चार्ज भएको छ । सूचना प्रणालीका लागि अप्टिकल फाइबरसमेत जोडिएको छ । आजसम्म आयोजनामा जडान गरिएका उपकरण नो लोडमा चलाइएको थियो भने अब आजदेखि ती उपकरणलाई लोडमा चलाइने छ ।

भोलिदेखि माथिल्लो तामाकोशीको बिजुली उत्पादन, प्रधानमन्त्री ओलीले उदघाटन गर्नेभोलिदेखि माथिल्लो तामाकोशीको बिजुली उत्पादन, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने

आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सवस्टेशन हुँदै ढल्केबर पुग्नेछ । प्रवक्ता न्यौपानेका अनुसार ढल्केबर सवस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL