Logo

अब सबै किसिमका सवारीसाधन चल्ने, रोकिएका परिक्षा संचालन गर्ने निर्णय

अब सबै किसिमका सवारीसाधन चल्ने, रोकिएका परिक्षा संचालन गर्ने निर्णय



काठमाडौं । काठमाडौं उपत्यकामा अब सबै किसिमका निजी तथा सार्वजनिक सवारीसाधनहरु चल्ने भएका छन् । आईतबार बसेको उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसअघि लगाईएको जोर विजोर प्रणाली हटाउँदै सबै किसिमका सवारीसाधनहरु चल्न पाउने निर्णय गरेको हो । असार २२ गतेदेखि उपत्यकामा लागु हुनेगरी उक्त निर्णय गरिएको हो ।

laxmi

यस्तै उक्त बैठकले उपत्यकामा बन्द गरिएका परिक्षाहरु पनि संचालन हुन दिने निर्णय गरेको छ । आईतबार बसेको बैठकले एक परिक्षा हलमा २५ जनाभन्दा बढि राख्न नपाईने र सम्पुर्ण स्वास्थ्यसम्बन्धी मापदण्डहरु पुरा गरेर मात्रै परिक्षा संचालन गर्न पाईने गरी निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL