Logo

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी राख्ने कि हटाउने ? तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी राख्ने कि हटाउने ? तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै



काठमाडौं । काठमाडौं उपत्याकामा दुई महिनादेखि जारी निषेधाज्ञा हटाउने कि कायमै राख्ने भन्नेबारे आज छलफल हुने भएको छ । कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गत बैशाख १६ देखि जारी निषेधाज्ञाबारे छलफल गर्न आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु ९सिडिओ० को बैठक बस्न लागेको हो । ।

आइतबार राति नै जारी निषेधाज्ञा सकिने भएकोले यसबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओको बैठक बस्ने भएको हो । बैठक आज दिउँसो ३ बजे बस्ने बताइएको छ । विभिन्न क्षेत्रले निषेधाज्ञा हटाउनुपर्ने दबाब दिएकाृे भएपनि उपत्यकामा संक्रमण दरमा दैनिक वृद्धि हुने क्रम नरोकएिको भन्दै अझै एक साता निषेधाज्ञा थप्ने तयारी भइरहेको बताइएको छ ।

एक साताअघिदेखि उपत्यकामा निषेधाज्ञा खुकुलो गरिएको छ । जसअनुसार सार्वजनिक र निजी सवारीसाधन जोरबिजोर प्रणालीमा चलिरहेका छन् । यस्तै खाद्यपसल बिहान ६ बजेदेखि खुलेका छन् भने अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुलेका छन् । यातायात व्यवसायीले सबै प्रकारका सार्वजनिक सवारी चल्न दिनुपर्ने र जोर बिजोरको नियम पनि हटाइनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL