Logo

अब सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानमा मात्रै कोभिड-१९को निशुल्क उपचार, निजीमा आफैं बेहोर्नुपर्ने

अब सरकारी अस्पताल र स्वास्थ्य प्रतिष्ठानमा मात्रै कोभिड-१९को निशुल्क उपचार, निजीमा आफैं बेहोर्नुपर्ने



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड– १९ सङ्क्रमितको निस्शुल्क उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ ।

laxmi

”कोभिड-१९ उपचारका लागि तोकिएका सरकारी तथा सरकारले सेवा सम्झौता गरेका सबै निजि अस्पतालहरु मध्ये अब उपरान्त सरकारी अस्पतालहरु, स्वास्थ्य प्रतिष्ठानहरुलाई मात्रै कोभिड-१९ उपचारको अस्पतालका रुपमा तोकी सेवा प्रवाहको व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ ।” मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

”कोभिड-१९ को उपचारका लागि सेवा सम्झौता भएका मेडिकल कलेजहरुमा आजसम्म भर्ना भइ उपचाररत सङ्क्रमितहरुको आजको मितिले दश दिनसम्मको मात्रै नियमानुसारको सोधभर्ना उपलब्ध गराइने व्यहोरा नेपाल सरकार(सचिवस्तर) मिति २०७८/०३/१४ को निर्णयानुसार अनुरोध छ ।”

साथै सम्पूर्ण निजि अस्पताल तथा मेडिकल कलेजहरुलाई नेपाल सरकारले तोकेको दररेटभन्दा बढी शुल्क नलिई सेवा गर्नु गराउनु हुन अनुरोध गर्दै अन्यथा भएमा नियमानुसार हुने व्यहोरा मंतालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL