Logo

काठमाडौं उपत्यकामा निषेधाज्ञा थपबारे निर्णय आज, सार्वजनिक यातायात सञ्चालन हुनेमा व्यवसायी विश्वस्त

काठमाडौं उपत्यकामा निषेधाज्ञा थपबारे निर्णय आज, सार्वजनिक यातायात सञ्चालन हुनेमा व्यवसायी विश्वस्त



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप तथा मोडालिटीबारे आज निर्णय हुने भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको आइतबारको बैठकले मोडालिटी आज टुंग्याउने निर्णय गरेको थियो ।

निषेधाज्ञा थप गर्ने कि नगर्ने र निषेधाज्ञाको मोडालिटीबारे कस्तो हुने भन्नेबारे छलफल गर्न आइतबार उपत्यकाका तिन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो ।

उक्त संयुक्त बैठकमा निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा सहमति भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । ‘निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा एकमत भएका छौं, मोडालिटीसहित निर्णय आज गर्छौं,’ उनले भने

उनले बैठकले सार्वजनिक यातायात सञ्चालनको विषयमा पनि आज नै निर्णय हुने बताए। उनले भने ‘अहिलेकै जस्तो निषेधाज्ञाको मोडालिटी भयो भयो सार्वजनिक गाडी चल्दैन, लुज लकडाउन भयो भने गाडी जोरबिजोरमा चल्न सक्छ।

आइतबार बसेको ललितपुरको डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको प्रस्ताव तीनै जिल्लाको बैठकमा लैजाने निर्णय गरेको थियो ।

यता यातायात व्यवसायीहरुले भने काठमाडौं उपत्यकासहित देशैभर सार्वजनिक सवारी खुल्नुपर्ने माग गर्दै आएका छन् । व्यवसायीहरुले सार्वजनिक सवारीमा जोरविजोर गर्दा भीडभाड हुने भएकाले सबै सार्वजनिक सवारी सञ्चालन हुनुपर्ने माग गरेका छन् । काठमाडौंमा भोलिदेखि थपिने निषेधाज्ञामा सार्वजनिक सवारी खुल्नेमा ढुक्क रहेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका एक पदाधिधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL