Logo

विभागले लक्ष्यभन्दा २६ करोढ बढी राजस्व उठायो, चार महिनामा ३७ अर्व ६८ करोड संकलन

विभागले लक्ष्यभन्दा २६ करोढ बढी राजस्व उठायो, चार महिनामा ३७ अर्व ६८ करोड संकलन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१०, मंसिर, काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षको प्रथम चौमासमा मसान्तसम्म ३७ अर्ब ६८ करोड १४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सो अवधिमा विभागले लक्ष्यभन्दा २६ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । विभागलाई चार महिनाका लागि ३७ अर्ब ४१ करोड  ८६ लाख रुपैयाँ राजस्व उठाउन लक्ष्य तोकिएको थियो ।

विभागले प्रकाशित गरेको तथ्याङक अनुसार विगत चार महिनामा आयकर १६ अर्व २८ करोड २९  लाख रुपैयाँ संकलन गरेको छ भने मूल्य अभिवृद्धि कर (भ्याट) १२ अर्व २७ करोड १७ लाख संकलन गरेको छ । यसैगरी, अन्तःशुल्क आठ अर्व ८१ करोड ३६ लाख असुली भएको विभागले प्रकाशित गरेको तथ्याङकमा उल्लेख छ । विभागको तथ्याङक अनुसार शिक्षा सेवा शुल्क १३ करोड १७ लाख र स्वास्थ्य सेवा कर १८ करोड चार लाख असुली भएको छ । सो अवधिमा आयकर लक्ष्यभन्दा बढी संकलन भएको विभागले जनाएको छ ।

राजस्व उठौतीदर बढाउन बक्यौता र राजस्व असुली उठौती बढाउन आन्तरिक राजस्व विभागका महानर्दिेशक चुडामणि शर्माले जोड दिएका छन् । साथै, शर्माले हाल बक्यौता रकम बढी रहेकाल त्यसलाई उठाउन र बजारमा गएर बील बिजकको निरीक्ष गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL