Logo

इ-कमर्स मार्केटमा प्रवेश गर्दै बहुचर्चित ‘टाटा समूह’, साढे ३ खर्ब रुपैयाँ लगानी जुटाउने

इ-कमर्स मार्केटमा प्रवेश गर्दै बहुचर्चित ‘टाटा समूह’, साढे ३ खर्ब रुपैयाँ लगानी जुटाउने



काठमाडौं । बहुचर्चित व्यवसायिक घराना ‘टाटा समूह’ इ–कमर्स मार्केटमा प्रवेश गर्ने भएको छ । टाटा समूहको टाटा सन्सले अहिले आफ्नो डिजिटल व्यवसायका लागि २–२.५ अर्ब डलर (करीब साढे ३ खर्ब नेपाली रुपैयाँ) लगानी जुटाउन पहल थालेको छ । यसका लागि कम्पनीले विश्वव्यापी लगानीकर्तालाई सम्पर्क गरेको बताइएको छ ।

‘टाटा डिजिटल’ डिजिटल व्यवसाय प्रबन्ध गर्न जिम्मेवार हुनेछ । स्रोतका अनुसार टाटा समूहले सेप्टेम्बरमा बेंगलुरुमा आफ्नो सुपर एपको पायलट परीक्षण गर्न लागेको छ । टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरन मेमा अमेरिका गएका थिए र त्यहाँ लगानीकर्ताहरूसँग लगानीबारे परामर्श गरेका थिए ।

अधिकारीहरूका अनुसार टाटा सन्सले लगानीकर्ता जुटाउन प्रारम्भिक चरणमा पीई कोषबाट लगानी गर्ने र व्यापार वृद्धि भएमा रणनीतिक लगानीकर्तालाई हेर्नेछ । टाटा ग्रुपले स्वास्थ्य र फिटनेस स्टार्टअप ‘क्युरफिट’मा हिस्सेदारी लिएपछि क्युरफिटका सह–संस्थापक मुकेश बन्सल हालसालै टाटा डिजिटलका अध्यक्ष बनेका छन् । एक अधिकारीका अनुसार उनी लगानी संकलन गर्ने टोलीको प्रमुख सदस्य पनि हुनेछन् ।

पूर्ण तयारीका साथ बजार प्रवेश

टाटाको ई–कमर्स स्पेसमा प्रवेश भएपछि यसले अमेजन, फ्लिपकार्ट, जियोमार्ट आदिसँग प्रतिस्पर्धा गर्नेछ । यसैले टाटा समूह पूर्ण तयारीका साथ बजार प्रवेश गर्न चाहेको बताइएको छ । प्रस्तावित कोष सं्कलन भएपछि टाटा डिजिटलको बोर्ड पनि पुनर्गठन गरिनेछ । यसमा चन्द्रशेखरन अध्यक्ष हुनेछन् । बन्सलसँग फण्ड जुटाउने र उपभोक्ता ईन्टरनेट व्यवसाय चलाउन १० बर्ष भन्दा बढीको अनुभव छ । पहिले उसले ‘मिन्त्रा’ सुरु गरे र त्यसपछि फिटनेस स्टार्टअप ‘क्युरफिट’ । उनले फ्लिपकार्टमा वाणिज्य प्रमुखको रूपमा पनि धेरै जिम्मेवार भूमिका खेलेका थिए ।

टाटाको सुपर एप के हो ?

वास्तवमा टाटा समूहले आफ्ना विभिन्न उपभोक्ता व्यवसायहरूलाई एकसाथ एक सर्वव्यापी डिजिटल प्लेटफर्म सुरू गर्न चाहन्छ । सुपर एप्सले मुख्य रूपमा विभिन्न उत्पादनहरू र सेवाहरूको लागि एक स्टप शपको रूपमा काम गर्दछ । अगस्त २०२० मा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले टाटा समूहको ओम्नीच्यानल डिजिटल प्लेटफर्म एक सुपर एप हुने बताएका थिए । सुपर एपमा उपलब्ध सेवाहरूमा खाना र किराना अर्डरिंग, फेशन र जीवनशैली, उपभोक्ता इलेक्ट्रोनिक्स र उपभोक्ता टिकाऊ वस्तुहरू, बीमा र वित्तीय सेवाहरू, शिक्षा, स्वास्थ्य सेवा बिल भुक्तान, आदि समावेश छन् । नवभारत टाइम्सबाट

प्रतिक्रिया दिनुहोस्
MBL