Logo

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियण्ट : बढी संक्रामक,सबै उमेर समुहलाई असर गर्ने

नेपालमा भेटियो कोरोनाको नयाँ भेरियण्ट : बढी संक्रामक,सबै उमेर समुहलाई असर गर्ने



काठमाडौं । नेपालमा कोरोना भाईरसको नयाँ भेरियण्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दैै नेपालमा कोरोना भाईरसको अझै डरलाग्दो भेरियण्ट फेला परेको जानकारी दिएको हो ।

laxmi

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न ४८ ओटा नमुनाहरु छनौट गरी जाँचका लागि दिल्ली पठाइएकोमा ४७ ओटामा डेल्टा भेरियण्ट र सोमध्येमा पनि ९ ओटामा थप उत्परिवर्तन भेटिएको मन्त्रालयले जानकारी दिएको छ । जसलाई एवाई-१ नाम दिइएको छ ।

मन्त्रालयका अनुसार उक्त भाईरस नेपालसहित विश्वका १० ओटा देशमा भेटिएको छ । यी भेरियण्टहरु बढी संक्रामक तथा सबै उमेर समुहका व्यक्तिहरुलाई असर पार्ने विभिन्न अध्ययनले देखाएको छ । उक्त सक्रमण रोक्न सबै समेत र जिम्मेवार बनी जनस्वास्थ्य मापदण्डहरुको पालना गर्न गराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL