Logo

गाँजाको तेल प्रयोगका ७ फाईदा, कुन–कुन समस्यामा प्रयोग गर्न सकिन्छ ?

गाँजाको तेल प्रयोगका ७ फाईदा, कुन–कुन समस्यामा प्रयोग गर्न सकिन्छ ?



काठमाडौं । धेरै प्रकारका स्वास्थ्य समस्याका लागि प्रयोग हुने क्यानाविडिअल (गाँजाको एक स्वरुप) एक प्रख्यात प्राकृतिक औषधि हो । १ सय भन्दा बढी विभिन्न केमिकल पाइने यसलाई सिबीडीका नामले पनि चिनिन्छ । यो खासगरी गाँजाका विभिन्न प्रजातिमा पाईन्छ । गाँजामा पाइने साइकोएक्टिभ क्यानाविनोईड टेट्राहाईड्रोक्यान्नाविनोल हो ।

laxmi

यसले खासगरी संवेदनशीलतामा प्रमुख प्रभाव पार्छ । यस्तै गाँजाबाट तेल पनि निकालिन्छ । गाँजाबाट बनेको तेल कुनै दुखाईलाई दिमागसम्म नपुर्याउन पनि औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । गाँजाको वियाँबाट उत्पादन हुने यस्तो तेलको पनि धेरै औषधीय महत्व रहेको पाइन्छ । यसबाट खासगरी दुखाई र चिन्ताजस्ता समस्याहरुबाट मुक्त हुन सकिने अध्ययनले देखाएको छ ।
यहाँ गाँजाको तेलका ७ फाईदाहरुको बारेमा उल्लेख गरिएको छ ।

१) दुखाई कम गर्न

गाँजालाई करिव २९०० बीसीदेखि नै पेनकिलरको रुपमा प्रयोग गर्दै आएको इतिहास देख्न पाइन्छ । तर हालै गरिएको एक अध्ययनले पनि गाँजाको तेलमा दुखाई कम गर्न सक्ने क्षमता रहेको पत्ता लागेको छ । मानव शरीरमा इन्डोक्यानाविनोईड नामक प्रणाली हुन्छ । जसले मानिसका विभिन्न कार्यहरु जस्तै सुताई, भोक, दुखाईलगायतका क्रियाकलापलाई दिमागसम्म पुर्याउने काम गर्छ । त्यसैले गाँजाबाट उत्पादित तेलले यो प्रणालीमा असर गरी विभिन्न संवेदनाहरु दिमागसम्म पुर्याउन केही समयसम्म रोक्ने हुनाले यसलाई मेडिकल क्षेत्रमा औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ ।

२) एन्जाईटी तथा डिप्रेसनबाट मुक्त गर्न सक्ने

चिन्ता तथा डिप्रेसन खराव मानसिक स्वास्थ्यका साझा समस्या हुन् । यी दुवै लामो समयसम्म रहिरहे स्वास्थ्यमा धेरै ठुलो समस्या आउनपनि सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार मानिसलाई अपांग तुल्याउने सबैभन्दा प्रमुख समस्या डिप्रेसन हो । तर, चिन्तालगायत अन्य समस्याहरु छैठौं र सातौंमा पर्दछन् । यस्ता समस्याहरुलाई विभिन्न औषधिहरुबाट छुट्कारा दिलाउन सकिन्छ । जसका कारण मानव शरीरमा अनिद्रा, इन्सोम्निया, यौनसम्बन्धी रोगलगायत साईड ईफेक्टहरु देखा पर्दछन् । तर, सिबीडी तेलले विना साईड ईफेक्ट यस्ता मानसिक समस्याबाट छुट्कारा दिलाउन सहयोग गर्छ । यस्तै यसले जनावरहरुमा पनि मानसिक रोग भए छुट्कारा दिलाउने अध्यनमा उल्लेख छ ।

३) क्यान्सरसम्बन्धी लक्षणहरु कम गर्न

गाँजाको तेलले क्यान्सरसँग सम्बन्धित रोग तथा यसका लक्षणहरुलाई पनि नियन्त्रण गर्न सक्ने क्षमता राख्दछ । यस्तै यसले क्यान्सरका साईड इफेक्टहरु जस्तै नसा, उल्टी हुने, दुख्नेलगायतका समस्याबाट पनि छुट्कारा दिलाउँछ । यो पनि एक अध्ययनद्वारा पत्ता लगाइएको पाटो हो ।

४) डण्डीफोरलगायत छालामा आउने विकारबाट बचाउन

एक अध्ययनअनुसार गाँजाबाट उत्पादित तेलले अनुहारमा आउने विभिन्न समस्या जस्तै डण्डीफोर, फोका, दागलगायत समस्याबाट बचाउने देखिएको छ । यस्ता समस्या प्राय सबैले अनुभव गरेका समस्याहरु हुन् । यसबाट छुट्कारा पाउने इच्छा सबैलाई हुन्छ । तर, धेरै किसिमका औषधिको सट्टा गाँजाको तेलमात्रै प्रयोग गरेर यस्ता समस्याबाट छुट्कारा पाउन सकिने अध्ययनले देखाएको हो । यसले छालामा बन्ने तेलिय फोकाहरुलाई पनि निर्मुल पार्न मद्धत पुर्याउँछ ।

५) स्नायु सुरक्षाका लागि प्रयोग

सिविडी तेलले मानव शरीरमा स्नायु प्रणालीको सुरक्षा र संरक्षण गर्ने काम पनि गर्दछ । जसका कारण मानव शरीरको स्नायु प्रणालीको बनावट र यसका कार्यहरुमा राम्रै सहयोग पुर्याउने एक अध्ययनले देखाएको छ । यसले स्नायुप्रणालीमा आउने विभिन्न समस्याहरुलाई पनि निर्मुल पार्ने काम गर्दछ ।

६) मुटुसम्बन्धी समस्या नियन्त्रणका लागि

सिविडी तेलले मुटु सफा गर्ने, मुटुसम्बन्धी रोगको निदान गर्नेलगायतका कामहरु पनि प्रभावकारी रुपले गर्ने देखिएको छ । यसले उच्च रक्तचाप तथा न्यून रक्तचाप नियन्त्रण तथा अन्य रक्तसंचारसम्बन्धी समस्याहरुलाई पनि नियन्त्रण गर्ने काम गर्दछ । उच्च रक्तचापले हृदयघात हुनेलगायतका समस्या देखापर्ने गर्दछन् । जसलाई सिविडी तेलले मुख्यरुपमा प्रभाव पार्ने देखिन्छ ।

७) अन्य सकारात्मक फाइदाहरु

यो तेलबाट माथिका फाईदा मात्रै नभई अन्य फाईदाहरु प्रशस्तै छन् । जसमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या, कुलतको समस्याबाट बचाउनेलगायतका फाईदा पनि यसमा रहेको देखिन्छ । यस्तै यो तेलमा ट्युमर, मधुमेहलगायतका समस्याबाट पनि छुट्कारा पाउन सकिने अध्ययनहरुले देखाएका छन् । यसका साइड इफेक्टहरु धेरै नभएपनि केहि मानिसहरुलाई यसको नियमित प्रयोगपछि झाडापखाला लाग्ने, भोक र तौलमा तलमाथि हुने, अल्छि लाग्नेलगायतका समस्या भने देखिन्छन् । –हेल्थलाइन डटकमबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL