Logo

काठमाडौं उपत्यकामा किन फनफनी घुम्यो हिमालयन एयरलाईन्सको जहाज ?, यस्तो छ कारण

काठमाडौं उपत्यकामा किन फनफनी घुम्यो हिमालयन एयरलाईन्सको जहाज ?, यस्तो छ कारण



काठमाडौं । सोमबार बिहान साढे ७ बजेदेखि काठमाडौं उपत्यकामा एक जहाजले लगातार २२ फन्का लगायो । उक्त समय हिमालयन एयरलाईन्सको जहाजले ट्रेनिङ फ्लाईट गरिरहेको थियो ।

laxmi

हिमालयन एयरलाईन्सले यसका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट २२ फन्का घुम्न पाउने गरी अनुमति लिएको थियो ।
कम्पनीका नयाँ पाईलटलाई विमानस्थलमा ल्यान्डीङ र रनको ट्रेनिङ दिनका लागि उक्त फ्लाईट गरिएको विमानस्थलका प्रवक्ता देव चन्द्र लाल कर्णले जानकारी दिए ।

उनका अनुसार हिमालयन एयरलाईन्सको ‘एच’ ९९९५१’ जहाजमार्फत उक्त् ट्रेनिक फ्लाईट गरिएको हो । यस्तो बेलामा विमानस्थल खाली हुने अर्थात फ्लाईट र ल्याण्डीङ नहुने समय मिलाएर यस्तो ट्रेनिङ फ्लाईट गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL