Logo

सिन्धुपाल्चोक बाढी पिडितलाई एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न जिफन्टको माग, स्वयंसेवीको भुमिका निर्वाह गर्ने

सिन्धुपाल्चोक बाढी पिडितलाई एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न जिफन्टको माग, स्वयंसेवीको भुमिका निर्वाह गर्ने



काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सिन्धुपाल्चोकमा आएको बाढी पहिरो पिडीतलाई एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न आग्रह गरेको छ । पछिल्लो समय सिन्धुपाल्चोकको मेलम्ची खोलाको वरीपरिका गाउँपालिका र नगरपालिका बढि नै प्रभावित भएका छन् । जसमा बाढीका कारण ३२ स्थानीय वेपत्ता भएका छन् भने ५२ जना घरबारविहिन भएका छन् । यस्तै २ सय ७० भन्दा बढि घरबार विस्थापित भएको तथ्यांक छ ।

जसका लागि आगामी दिनहरुजस्तै जिफन्टले भरपुर उद्धारका कार्य तथा राहत वितरण गर्ने जानकारी दिएको छ । यस्तै जिफन्टले प्रचारवाजीलाई बढि प्राथमिकता दिनुभन्दा पनि एकद्वार प्रणालीबाट मात्रै राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गरेको छ । यस्तै जिफन्टले सरकारले एकद्वार प्रणालीमार्फत वितरण गरेमा स्वयंसेवीको रुपमा भरपुर सहयोग गर्नेसमेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL