Logo

नियामकको एक्सनपछि सेयर बजारमा देखिन थाल्यो करेक्सन, छानविनसँगै गैरकानूनी लगानी बाहिरिएको हो ?

नियामकको एक्सनपछि सेयर बजारमा देखिन थाल्यो करेक्सन, छानविनसँगै गैरकानूनी लगानी बाहिरिएको हो ?



काठमाडौं । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर बजारमा कर्नरिङ र सर्कुलर ट्रेडिङ भएको निष्कर्षसहित छानविन प्रक्रिया अघि बढाएसँगै करेक्सन सुरु भएको छ । पछिल्लो समय सेयर बजार विना आधार उच्च रुपमा बढेको र यस्तो बजारमा सोझा र साना लगानीकर्ता फस्ने सम्भावना रहेको भन्दै बोर्डले लगानीको स्रोतको छानविनसहित कर्नरिङ र सर्कुलर ट्रेड गर्ने लगानीकर्तामाथि छानविन प्रक्रिया अघि बढाएको थियो ।

laxmi

बोर्डले केही समयअघि विभिन्न क्षेत्रका ५१ ओटा कम्पनीको सेयरमा गैरकानूनी रुपमा चलखेल गर्दै मूल्य बढाएको निष्कर्ष सहित त्यस्ता कम्पनीको सेयर कर्नरिङ गर्ने र सर्कुलर ट्रेड गरेर ठूलो कित्ता सेयर होल्ड गर्ने लगानीकर्ता माथि छानविन अघि बढाएको जानकारी दिएको थियो । बोर्डको उक्त निर्णयसँगै दैनिक रुपमा बढिरहेको नेप्से परिसुचकमा गिरावट आउनुका साथै कोरोबार रकममा समेत उच्च गिरावट आएको छ ।

पछिल्लो समय दैनिक १९÷२० अर्ब रुपैयाँको सेयर कारोबार भइरहेको बजारमा बोर्डको उक्त कदमसँगै दैनिक कारोबार करिव ५० प्रतिशतले घट्दै १०÷११ अर्ब रुपैयाँमा सिमिति हुन पुगेको छ । बजारमा केही ठूला लगानीकर्ता तथा बैंकका संचालकहरुले नै गैरकानूनी रुपमा सेयर बजारमा पैसा प्रवेश गराएको र नियामक निकायले त्यसरी गरिएको लगानीको स्रोत माथि नै छाविन प्रक्रिया अघि बढाउन लागेपछि पछिल्लो समय त्यस्ता लगानीकर्ताहरु बजारबाट बाहिरिन थालेको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘यस अघि बजारमा जतिसुकै मूल्य बढेपनि बिक्रीकर्ताभन्दा खरिदकर्ताको चाप बढि देखिन्थ्यो,’ ती लगानीकर्ताले भने, ‘निकायम निकाय धितोपत्र बोर्डले विभिन्न ५१ ओटा कम्पनीमा भैरहेको चलखेलको छाविन गर्ने बताएसँगै बिक्रीकर्ताको चाप छ भने खरिदकर्ता भेटिन छाडेका छन् ।’

यदि बजारमा स्वच्छ र पादर्शी तरिकाबाट लगानी गरिएको थियो भने नियामकले जस्तोसुकै छानविन गरेपनि लगानीकर्ताहरु डराउनु नपर्ने समेत उनको तर्क थियो । तर पछिल्लो समय बजारका सिमित खेलाडीहरुले गैरकानूनी तरिकाबाटै सेयर बजारमा रकम प्रवेश गराएकाले छानविनको कुरा उठेसँगै त्रासले त्यस्ता लगानीकर्ताहरु बाहिरिन थालेका छन् । सोही अनुरुप केही समय अघि बैंक तथा वित्तीय संस्था परिसंघ (सीवीफीन), नेपाल उद्योग परिसंघले आफुसँग नजोडिएको विषयमा समेत विज्ञप्ती जारी गरेर धितोपत्र बोर्डको उक्त कदमको विरोध गरेका छन् । साथै सीएनआईले त अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नै भेट गरी बोर्डको उक्त कार्य गलत भएको भन्दै ध्यानाकर्षण गराएको थियो । सीवीफीन र परिसंघसँग कुनै सरोकार नै नरहेको विषयमा नियामकको उक्त कदमसँगै त्रसित भएर विरोध जनाउँदै विज्ञप्ती जारी गर्नु र अर्थमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउनुले यसलाई अझै अर्थपूर्ण तरिकाबाट हेरिएको सम्बद्ध सरोकारवालाहरु बताएँछन् ।

बोर्डको उक्त कदमसँगै नेप्से परिसुचक र कारोबार रकममा आएको गिरावटले आजपनि निरन्तरता पाएको छ । विभिन्न सामाजिक संजालहरुमा लगानीकर्ताहरुले बजार नघट्ने बताईरहँदा गैरकानूनी रुपमा प्रवेश गरेका लगानीकर्ता नियामकको उक्त कमदसँगै बाहिरिन थालेपछि बजार लगानीकर्ताको भाव विपरित घट्न थालेको छ । सोही अनुरुप आईतबार नेप्से परिसुचक अन्तिममा ६३ अंकले घटेर बन्द हुन पुग्यो । जसमा दैनिक कारोबार रकम समेत घटेर ११ अर्ब ८१ करोड रुपैयाँमा झरेको छ ।

साताको पहिलो दिन कुल १८३ कम्पनीको २ करोड ७३ लाख कित्ता सेयर कारोबार भएका थिए । जसमा १७५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ५ कम्पनीको मात्रै सेयर मूल्य बढ्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL