Logo

भेरोसेलको १० लाख डोज खरिदका लागि चीनले दियो सैद्धान्तिक सहमति, दुई साताभित्र नेपाल आइपुग्ने

भेरोसेलको १० लाख डोज खरिदका लागि चीनले दियो सैद्धान्तिक सहमति, दुई साताभित्र नेपाल आइपुग्ने



काठमाडौं । सरकारले चीनको सिनोफार्म कम्पनीबाट उत्पादित भेरोसेल खोप दुई साता भित्रमा १० लाख डोज खोप ल्याउने भएको छ ।

laxmi

चीनले खोप खरिदका लागि नेपालसँग सैद्धान्तिक सहमति जनाएकाले जुन महिना भित्रमा १० लाख डोज खोप ल्याइने सीसीएमसीका निर्देशक बालानन्द शर्माले जानकारी दिएका छन् ।

चीनले यसअघि अनुदानस्वरुप १८ लाख खोप दिएको थियो । कुल ४० लाख खोप खरिदका लागि सहमति भएको साथै सातामा पाँच–पाँच लाख डोज खोप ल्याउने भएको बताइएकोे छ ।

चीनले पूर्ण रूपमा खोप पठाउने सहमति भए पछि मात्र पैसा पठाइने र मूल्य सार्वजनिक गरिने ताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL