Logo

सरकारसमक्ष चेम्बरको आग्रह : उद्योगी व्यवसायीलाई दुबै चरणको खोपको सुनिश्चितता गर

सरकारसमक्ष चेम्बरको आग्रह : उद्योगी व्यवसायीलाई दुबै चरणको खोपको सुनिश्चितता गर



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारसमक्ष सबै उद्योगी व्यवसायीलाई कोरोना विरद्धको खोपको सुनिश्चितता गर्न आग्रह गरेको छ । चेम्बरले बुधबार एक विज्ञप्ति जारी गर्दै निजी क्षेत्र, जोखिमयुक्त वर्गमा पर्ने भएको हुंदा चेम्बरका पदाधिकारी तथा सदस्यहरुलाई दुबै चरणको खोपको सुनिश्चितता गर्न आग्रह गरेको हो । चेम्बरले आफ्नो विज्ञप्तिमा चेम्वरसंग आवद्ध रहेका वस्तुगत संघ, आवद्ध संघ, द्धिराष्ट्रिय व्यापार संघ, प्रदेश, जिल्ला तथा नगर स्तरीय चेम्वर अफ कमर्सका पदाधिकारी तथा सदस्यहरु, चेम्वर अन्तरगत गठित केन्द्र तथा जिल्ला अन्तरगत गठित महिला चेम्वरका पदाधिकारी तथा सदस्यहरु तथा चेम्वर अन्तरगतका समस्त किराना व्यवसायीहरु उद्योगीहरु एवम उद्योग तथा यातायात क्षेत्रमा कार्यरत मजदूरलाइ दुवै चरणको खोपको व्यवस्था गर्न भेनेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको नयां भेरियण्टको कोरोना भाइरस (कोभिड(१९) बाट विश्व अर्थतन्त्रमा गम्भीर असर परेको छ । नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसको प्रत्यक्ष प्रभाव निजी क्षेत्रमा समेत परेको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारी अभिवृद्धि तथा राजश्वमा योगदान पुग्न जाने हुन्छ ।

नयां भेरियण्टको कोभीड(१९े को दोश्रो चरणको महामारीले समस्त उद्योगी तथा व्यवसायीहरुलाइ आक्रान्त तुल्याएको छ भने समयमै कोरोना बिरुद्धको भ्याक्सीन उपलब्ध नभएकोले अग्रपंक्तीमा कार्यरत समस्त व्यवसायीक क्षेत्रको आत्मवलमा हस आएको चेम्बरको धारणा छ । अहिले मुलुकमा लकडाउन भइ अधिकांश व्यवसायहरु वन्द अवस्थामा रहेका छन भने अर्को तर्फ कोरोना बिरुद्धको भ्याक्सीन उपलब्ध नभएकोले यसबाट उत्पन्न बिषम परिस्थितिका कारण उद्योग व्यवसाय संचालन गर्न समेत चुनौतिपूर्ण अवस्था सृजना हुन गएको छ चेम्बरको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL