Logo

सिन्धुपाल्चोकमा बाढीको वितण्डा : ज्यान गुमाउनेको संख्या ७ पुग्यो, फसेकाहरुको हेलिकप्टरबाट उद्धार जारी

सिन्धुपाल्चोकमा बाढीको वितण्डा : ज्यान गुमाउनेको संख्या ७ पुग्यो, फसेकाहरुको हेलिकप्टरबाट उद्धार जारी



काठमाडौं । सिन्धुपाल्चोकमा अविरल बर्षापछि आएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । मंगलबार साँझ आएको बाढीले बगाउँदा हेलम्बु गाउँपालिकामा ७ जनाको ज्यान गएको हो । मेलम्ची र इन्द्रावती खोलामा आएको बढीले तटीय क्षेत्रका बजारमा क्षति पुगेको छ ।

ज्यान गुमाएको नाम खुल्न सकेको छैन । बाढी र पहिरोका कारण हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त भएको छ । बाढीका कारण हेलम्बु र मेलम्चीका धेरैजसो घर, टहरा, पुललगायत संरचना बगेका छन् ।

बाढीका कारण फसेकाहरुको नेपाली सेना र निजी एअरलाइन्सका हेलिकप्टरबाट खोज तथा उद्धार अहिले जारी रहेको छ । बाढी र पहिरोका कारण विद्युत् र खानेपानी पनि अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL